आधारभूत अस्पतालका लागि डीपीआर पेश गर्न स्वास्थ्य मन्त्रालयको आग्रह | Khabarhub Khabarhub

आधारभूत अस्पतालका लागि डीपीआर पेश गर्न स्वास्थ्य मन्त्रालयको आग्रह


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६५५ स्थानीय तहलाई आधारभूत अस्पतालका लागि विस्तृत परियोजना विवरण (डीपीआर) पठाउन आग्रह गरेको छ ।

मन्त्रालयले ती स्थानीय तहले आधारभूत अस्पताल निर्माणका लागि डीपीआर नबुझाउँदा अस्पताल निर्माणका लागि बजेट विनियोजन गर्न समस्या परेकाले सो आग्रह गरेको हो । मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा प्रमुख डा गुणराज लोहनीले ती स्थानीय तहमा अस्पताल निर्माणका लागि आवश्यक जग्गाको सुनिश्चितता र डीपीआर तयार गरी पठाउन निर्देशन दिइएको जानकारी दिए ।

मन्त्रालयले आर्थिक वर्ष २०७७/२०७८ मा ३९६ स्थानीय तह र आव २०७८/२०७९ मा २५९ स्थानीय तहमा पाँचदेखि १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो ।

तीन सय ९६ स्थानीय तहबाट अहिलेसम्म जग्गाको उपलब्धता, डीपीआर र बोलपत्र सम्झौता भइनसकेको र २५९ स्थानीय तहको लागि जग्गाको सुनिश्चितता, डीपीआर तयार गरी पेश गर्न मन्त्रालयले पटक–पटक आग्रह गर्दा पनि नपठाएको उनले बताए । मन्त्रालयले डीपीआर पेश गरेका मात्र स्थानीय तहलाई बजेट विनियोजना गरिने जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ८ : ४५ बजे

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी