नेपाल उद्योग परिसंघद्वारा ७ उपाध्यक्षसहित ३५ सदस्यीय राष्ट्रिय परिषद् चयन « Khabarhub

नेपाल उद्योग परिसंघद्वारा ७ उपाध्यक्षसहित ३५ सदस्यीय राष्ट्रिय परिषद् चयन


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग परिसंघ (सीएनआई) को १८औं वार्षिक साधारणभाबाट ७ जना उपाध्यक्षसहित ३५ सदस्यीय राष्ट्रिय परिषद् चयन भएका छन् ।

सीएनआईको विधान अनुसार १ वर्षपछि यी ७ जना उपाध्यक्षहरुबाट नै एक जना वरिष्ठ उपाध्यक्ष चयन गरिने छ । बरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको लागि अध्यक्ष बन्ने चलन छ ।

७ जना उपाध्यक्षहरुमा आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, चौधरी ग्रुपका निर्वाण चौधरी, जाउलाखेल ग्रुपका राजबहादुर शाह, राजेश मेटल क्राफ्टका राजेश अग्रवाल, टेलिटकका रोहित गुप्ता, नेपाल आदर्श निर्माण कम्पनीका विरेन्द्रराज पाण्डे र चितन उद्योग एशोसिएसनको तर्फबाट कृष्ण अधिकारी रहेका छन् ।

परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल यसअघि नै चयन भएका थिए ।

राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुल कुमार अग्रवाल, सन्दिप कुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दिपक अग्रवाल, सुरज भक्त पौडेल, निर्वाण कुमार चौधरी, बिक्रम सिंघानिया, दिलिप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई लगायत चयन भएको परिसंघले जनाएको छ ।

यसैगरी, प्रतिष्ठानगत तर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्र राज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मीप्रसाद सुवेदी, गुरुप्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा (सिवाकोटी),अशोक शेरचन,ताराप्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन् । त्यस्तै,संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र बसन्तबहादुर चन्द राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ८ : ३० बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

सुदूरपश्चिम– लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस

दुग्धजन्य उत्पादनमा शुल्क वृद्धि ‘अनुचित’ 

ब्रसेल्स– चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ

तेहरान– इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको