नेपाल उद्योग परिसंघद्वारा ७ उपाध्यक्षसहित ३५ सदस्यीय राष्ट्रिय परिषद् चयन « Khabarhub

नेपाल उद्योग परिसंघद्वारा ७ उपाध्यक्षसहित ३५ सदस्यीय राष्ट्रिय परिषद् चयन


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग परिसंघ (सीएनआई) को १८औं वार्षिक साधारणभाबाट ७ जना उपाध्यक्षसहित ३५ सदस्यीय राष्ट्रिय परिषद् चयन भएका छन् ।

सीएनआईको विधान अनुसार १ वर्षपछि यी ७ जना उपाध्यक्षहरुबाट नै एक जना वरिष्ठ उपाध्यक्ष चयन गरिने छ । बरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको लागि अध्यक्ष बन्ने चलन छ ।

७ जना उपाध्यक्षहरुमा आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, चौधरी ग्रुपका निर्वाण चौधरी, जाउलाखेल ग्रुपका राजबहादुर शाह, राजेश मेटल क्राफ्टका राजेश अग्रवाल, टेलिटकका रोहित गुप्ता, नेपाल आदर्श निर्माण कम्पनीका विरेन्द्रराज पाण्डे र चितन उद्योग एशोसिएसनको तर्फबाट कृष्ण अधिकारी रहेका छन् ।

परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल यसअघि नै चयन भएका थिए ।

राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुल कुमार अग्रवाल, सन्दिप कुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दिपक अग्रवाल, सुरज भक्त पौडेल, निर्वाण कुमार चौधरी, बिक्रम सिंघानिया, दिलिप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई लगायत चयन भएको परिसंघले जनाएको छ ।

यसैगरी, प्रतिष्ठानगत तर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्र राज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मीप्रसाद सुवेदी, गुरुप्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा (सिवाकोटी),अशोक शेरचन,ताराप्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन् । त्यस्तै,संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र बसन्तबहादुर चन्द राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ८ : ३० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर