भरुवा बन्दुकसहित वडा सदस्यलगायत ३ जना पक्राउ | Khabarhub Khabarhub

भरुवा बन्दुकसहित वडा सदस्यलगायत ३ जना पक्राउ


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा भरुवा बन्दुकसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रुपाकोट मझूवागढी नगरपालिका वडा नं १० का वडा सदस्य ५९ वर्षीय पर्शुराम बानियाँसहित ३ जना रहेका छन् ।

वडा सदस्य बानियाँसहित सोही स्थान बस्ने ३३ वर्षीय मिलन बाँनिया र मदनबहादुर बाँनियालाई हातहतियार र भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी उमेश लम्सालले जानकारी दिए ।

अवैध हातहतियार तथा खरखजना लुकाइ राखेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

पर्शुरामको घरबाट एकनाल भरुवा बन्दुक, मदन बानियाँको घरबाट छर्रा, बारुद लोड गरेको अवस्थाको भरुवा बन्दुक नाल एक थान र मिलन बाँनियाको घरबाट बारुद लोड गरेको अवस्थाको भरुवा बन्दुक १ थान बरामद भएको डीएसपी लम्सालले जानकारी दिए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ८ : १७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र