हात्तीको दाह्रासहित ३ जना पक्राउ | Khabarhub Khabarhub

हात्तीको दाह्रासहित ३ जना पक्राउ


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– हात्तीको दाह्रासहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित अमलेखगन्ज बजारबाट ४ फिट लम्बाई १२ ईन्च मोटाई भएको १ थान हात्तीको दाह्रासहित तीन जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको  हो ।

पक्राउ पर्नेमा  निजगढ नगरपालिका-११ बस्ने २९ वर्षीय सूर्य प्रताप तामाङ, बारा निजगढ न.पा वडा न.११ रतनपुरका दिलबहादुर घलान र मकवानपुर हेटौडा उ.म.न.पा वडा न.१३ पदमपोखरीका सुवास तामाङ रहेका छन् ।

हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.५० प १२२७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोराभित्र लुकाई ल्याएको उक्त दाह्रा फेला बरामद भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ९ : ०८ बजे

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार