लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरूङ प्रदेश प्रमुखमा नियुक्त « Khabarhub

लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरूङ प्रदेश प्रमुखमा नियुक्त


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मंगलबार गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेकी हुन् ।

मंगरबारै भएको मन्त्रिपरिषद्को बैठकको निर्णय तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम गुरुङ र शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

राष्ट्रपति भण्डारीले नयाँ प्रदेश प्रमुख नियुक्त गरेसँगै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद साह पदमुक्त भएका छन् ।

शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए । ओली सरकारले उनलाई पदमुक्त गरेको थियो । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका शेरचनलाई नेकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुखमा सिफारिस गरेको हो ।

यस्तै गुरुङ नेपाली कांग्रेस चितवनका पूर्वसभापति हुन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ८ : ५६ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले