प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन संवाद : दुई पक्षीय हितका विषयमा कुराकानी « Khabarhub

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन संवाद : दुई पक्षीय हितका विषयमा कुराकानी


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनबीच टेलिफोन संवाद भएको छ ।

मंगलबार साँझ अमेरिकी विदेशमन्त्री ब्लिंकेन र प्रधानमन्त्री देउवाबीच टेलिफोन संवाद भएको हो ।

टेलिफोन संवादमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विषयमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

संवादका क्रममा कोरोना भाइरसविरुद्धको खोप र अन्य सहयोगका साथै जलवायु परिवर्तनका बारेमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

भारत भ्रमणमा रहेका विदेशमन्त्री ब्लिंकेनसँग प्रधानमन्त्रीले देउवाले टेलिफोन संवाद गरेका हुन् ।

प्रधानमन्त्री देउवाले पनि अमेरिकी विदेशमन्त्री ब्लिंकनसँग टेलिफोनमा संवाद भएको र द्विपक्षीय हितका बारेका कुराकानी भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले अमेरिकाले हालै नेपाललाई कोरोनाका विरुद्धको १५ लाख डोज खोप उपलब्ध गराएकोमा अमेरिकी विदेशमन्त्री ब्लिंकेनमार्फत अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गरेका थिए ।

अमेरिकाले यसअघि नेपाललाई कोरोनाविरुद्धको १५ लाख डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १० : २५ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले