गर्भवतीलाई सुगर भए कसरी केयर गर्ने ? « Khabarhub

गर्भवतीलाई सुगर भए कसरी केयर गर्ने ?


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पछिल्लो केही दशकयता गलत जीवनशैली र खानपानका कारण गर्भवती महिलामा मधुमेह (सुगर)को समस्या देखिने गरेको छ ।

गर्भावस्थामा देखिने मधुमेहलाई जेस्तेसनल मधुमेह भनिन्छ । अधिकांश महिलामा यो मधुमेह सुत्केरी भइसकेपछि हराउने गर्छ । तर, गर्भवती भएको अवस्थामा हुने यो मधुमेहले बच्चाको स्वास्थ्यमा असर पार्छ ।

गर्भवती हुनुअघि नै महिलामा मधुमेह भएमा या गर्भवती भइसकेको अवस्थामा मधुमेह राम्रोसंग नियन्त्रणमा ल्याइएन भने यसले समस्या निम्त्याउन सक्छ । गर्भावस्थाका सुरुकै दिनहरूमा मधुमेह नियन्त्रित नभएमा शिशुको शारीरिक बनावटमा असर हुन्छ । कतिपय अवस्थामा मधुमेहकै कारण विकलांग बच्चा जन्मिने खतरा हुन्छ । साथै यसले गर्भमा हुर्कदै गरेको बच्चाको मुटु, दिमाग र ढाडमा सीधै असर गर्न सक्छ ।

गर्भवती महिलामा मधुमेह लाग्दा गर्भपात हुने सम्भावना समेत बढेर जान्छ । गर्भावस्थाका पछिल्ला महिनाहरूमा शिशुलाई पोषण अत्यधिक बढी भएर शारीरिक तौल बढ्न पुग्छ । बच्चा सामान्यभन्दा बढी तौलको हुदा प्रसवकालमा चोटपटक लाग्ने, सामान्य तरिकाले जन्मिन नसकेर अप्रेसन गर्नुपर्ने तथा शिशुको मृत्यु नै हुन सक्ने जोखिम रहन्छ ।

मधुमेह रोग लागेका महिलाको पेटमा भएको बच्चा जन्मिएपछि पनि मृत्यु हुन सक्ने खतरा रहन्छ । समय नपुग्दै बच्चा जन्मिने सम्भावना बढी हुने भएकाले मृत्युको खतरा उच्च हुन्छ । जन्मिनेबित्तिकै नवजात शिशुमा चिनीको मात्रा धेरै घटेर कम्पन हुने वा बेहोस हुने हुन्छ ।

समग्रमा मधुमेहरोगी आमाको पेटमा रहेको बच्चालाई समेत यसले असर पार्दछ । त्यसैले गर्भवती महिलाले आफुलाई मधुमेह हुन नदिन सचेत बन्नु पर्दछ । अझ ३० वर्षभन्दा बढी उमेरका गर्भवती महिलालाई मधुमेहको खतरा बढी हुने भएकाले सजग हुन अत्यन्त आवश्यक छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ११ : ५८ बजे

नेपाली टिममा विनोद भण्डारी र अर्जुन कुमाललाई अवसर : ओपनर कुशल र आशिफ आउट

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले ओपनर

चीन-नेपाल सुरक्षा सहकार्यमा जोड

काठमाडौं– नेपालका लागि चीनका  राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा

टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई

संयोजक दाहालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौं– पुष्पकमल दाहाल ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा

वैशाख शुक्ल पूर्णिमा : स्वयम्भूमा बिहानैदेखि श्रद्धालुको घुइँचो

काठमाडौं– वैशाख शुक्ल पूर्णिमाका अवसरमा मनाइने बुद्ध जयन्तीका दिन स्वयम्भूनाथ स्तूप