प्रतिपक्षी दलले माग्यो राष्ट्रपति बाइडेनको राजीनामा « Khabarhub

प्रतिपक्षी दलले माग्यो राष्ट्रपति बाइडेनको राजीनामा


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १३ जना अमेरिकी सेनाको ज्यान जाने गरी काबुल विमानस्थलमा भएका दुई विस्फोटको घटनापछि अमेरिकी प्रतिपक्षी दलहरुले राष्ट्रपति जो बाइडेनको राजीनामा मागेका छन् ।

साथै, उनीहरुले बाइडेनलाई महाभियोग लगाउमानुपर्ने समेत माग गरेका छन् । ‘यदि ट्रम्पलाई टेलिफोन गरेकै आधारमा महाभियोगको प्रस्ताव गरिन्छ भने बाइडेनलाई पनि अफगानिस्तानको गल्तीप्रति महाभियोग लगाउनुपर्छ’ रिपब्लिकन पार्टीका तर्फबाट टेक्सस सांसद रोनी ज्याक्सनले भने ।

‘हामी यो भन्दा अझै उत्कृष्टताको लागि लायक छौं । बाइडेनको यो गल्ती एक दशककै खराब हो’ उनले भने ।

राष्ट्रसंघका लागि पूर्वअमेरिकी राजदूत निकी हेल्ली पनि बाइडेनले तत्काल राजीनामा दिनुको विकल्प नरहेको बताएकी छन् । रिपब्लिकन पार्टीका अन्य सांसदले समेत बाइडेनको राजीनामा मागेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १० : ४५ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी