आलमका वकील बिरामी भएपछि पेशी स्थगित « Khabarhub

आलमका वकील बिरामी भएपछि पेशी स्थगित


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानिसलाई ईँटा भट्टामा हालेर पोलेको अभियोगमा थुनामा रहेका कांग्रेस नेतासमेत रहेका मोहम्मद अफ्ताब आलमविरुद्धको मुद्दा शुक्रबार पेशीमा चढे पनि सुनुवाइ नभइ स्थगित भएको छ । सर्वोच्च अदालतको पेशी नम्बर ८ मा शुक्रबार आलमविरुद्धको मुद्दाको पेशी चढेको थियो । तर, आलमको तर्फबाट बहस गर्ने कानुन व्यवसायी पुष्प पौडेल बिरामी परेपछि पेशी स्थगित भएको हो ।

सर्वोच्चका न्यायाधीशहरु प्रकाशमानसिंह राउत र प्रकाश कुमार ढुंगनाको इजलासमा सो मुद्दाको सुनुवाइ हुँदै थियो । तर, अधिवक्ता पौडेल बिरामी परेपछि पेशी स्थगित भएको हो । सर्वोच्च अदालतले सो मुद्दाको पेशी स्थगित भएको जनाएको छ ।

२०६४ को संविधान सभा निर्वाचनका क्रममा आलमले दुईजना मानिसलाई ईँटा भट्टामा हालेर पोलेको आरोप छ । उनी सो आरोपमा पुर्पक्षका लागि थुनामा छन् । रौतहटबाट २०७४ को प्रतिनिधिसभा चुनावमा कांग्रेस उम्मेदवारका रुपमा निर्वाचित आलम जेल परेपछि सांसद पदबाट निलम्बित छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १ : ३२ बजे

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६