संवैधानिक परिषद्सम्बन्धी मुद्दाबाट प्रधानन्यायाधीश राणा अलग « Khabarhub

संवैधानिक परिषद्सम्बन्धी मुद्दाबाट प्रधानन्यायाधीश राणा अलग


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अध्यादेशमाफर्त संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेर गरिएका निर्णयविरुद्धको रिटमाथिको सुनुवाइ हुने संवैधानिक इजलासबाट अलग भएका छन् ।

शुक्रबार आफ्नै नेतृत्वमा संवैधानिक इजलास गठन गरेर सभामुख अग्नि सापकोटा र अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमाथि पेशी तोकेका थिए । तर, बहसका क्रममा अधिवक्ता अर्यालले आफै सहभागी भएको बैठकले गरेका निर्णयविरुद्धको रिटमा प्रधान्यायाधीश राणाले आफै सुनुवाइ गर्न नमिल्ने जिकिर गरेपछि प्रधानन्यायाधीश राणाले ती रिटमाथिको सुनुवाइबाट आफू अलग हुने निर्णय लिएको सर्वोच्च स्रोतले जनाएको छ ।

शुक्रबारको संवैधानिक इजलासमा प्रधान्यायाधी राणाको भूमिकालाई लिएर अधिवक्ता अर्यालले प्रश्न उठाएपछि न्यायाधीशरुबीच छलफल भएको थियो । सो छलफलपछि प्रधानन्यायाधीश राणा ती रिटमाथिको इजलासबाट बाहिरिने निष्कर्षमा पुगेका हुन् ।

प्रधानन्यायाधीशले संवैधानिक इजलास गठन गर्ने कानुनी व्यवस्था रहेकाले अब संवैधानिक परिषद्सम्बन्धी रिटमाथि सुनुवाइ हुँदा राणा विदामा बस्नेछन् । राणा विदामा बसेपछि वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलास गठन गरेर पेशी तोक्ने छन् ।

तत्कालीन ओली सरकारले अध्यादेशमाफर्त संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेर मंसिर अन्तिममा र वैशाखमा संवैधानिक नियकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो ।

त्यतिबेला बसेका संवैधानिक परिषदको बैठकमा प्रधानन्यायाधीश राणा उपस्थित थिए । यही विषयमा सभामुख सापकोटाले दायर गरेको रिटमा लिखित जवाफ दिँदै प्रधानन्यायाधीश राणाले अध्यादेश संविधानसम्मत भएको जिकिरसमेत गरेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ३ : ४६ बजे

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६