संवैधानिक परिषद्सम्बन्धी मुद्दाबाट प्रधानन्यायाधीश राणा अलग | Khabarhub Khabarhub

संवैधानिक परिषद्सम्बन्धी मुद्दाबाट प्रधानन्यायाधीश राणा अलग


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अध्यादेशमाफर्त संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेर गरिएका निर्णयविरुद्धको रिटमाथिको सुनुवाइ हुने संवैधानिक इजलासबाट अलग भएका छन् ।

शुक्रबार आफ्नै नेतृत्वमा संवैधानिक इजलास गठन गरेर सभामुख अग्नि सापकोटा र अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमाथि पेशी तोकेका थिए । तर, बहसका क्रममा अधिवक्ता अर्यालले आफै सहभागी भएको बैठकले गरेका निर्णयविरुद्धको रिटमा प्रधान्यायाधीश राणाले आफै सुनुवाइ गर्न नमिल्ने जिकिर गरेपछि प्रधानन्यायाधीश राणाले ती रिटमाथिको सुनुवाइबाट आफू अलग हुने निर्णय लिएको सर्वोच्च स्रोतले जनाएको छ ।

शुक्रबारको संवैधानिक इजलासमा प्रधान्यायाधी राणाको भूमिकालाई लिएर अधिवक्ता अर्यालले प्रश्न उठाएपछि न्यायाधीशरुबीच छलफल भएको थियो । सो छलफलपछि प्रधानन्यायाधीश राणा ती रिटमाथिको इजलासबाट बाहिरिने निष्कर्षमा पुगेका हुन् ।

प्रधानन्यायाधीशले संवैधानिक इजलास गठन गर्ने कानुनी व्यवस्था रहेकाले अब संवैधानिक परिषद्सम्बन्धी रिटमाथि सुनुवाइ हुँदा राणा विदामा बस्नेछन् । राणा विदामा बसेपछि वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलास गठन गरेर पेशी तोक्ने छन् ।

तत्कालीन ओली सरकारले अध्यादेशमाफर्त संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेर मंसिर अन्तिममा र वैशाखमा संवैधानिक नियकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो ।

त्यतिबेला बसेका संवैधानिक परिषदको बैठकमा प्रधानन्यायाधीश राणा उपस्थित थिए । यही विषयमा सभामुख सापकोटाले दायर गरेको रिटमा लिखित जवाफ दिँदै प्रधानन्यायाधीश राणाले अध्यादेश संविधानसम्मत भएको जिकिरसमेत गरेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ३ : ४६ बजे

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं – विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति