संसद सचिवालयलाई निर्वाचन आयोगले दियो नेकपा एस र लोसपाका सांसदहरुबारे जानकारी « Khabarhub

संसद सचिवालयलाई निर्वाचन आयोगले दियो नेकपा एस र लोसपाका सांसदहरुबारे जानकारी


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले विभाजन गरेर बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजन गरेर बनेको लोकतान्त्रिक समाजवादी पार्टीका सांसदबाट निर्वाचन आयोगले संसद सचिवलयलाई जानकारी दिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन आयोगका दुई नयाँ दलले मान्यता पाएको विषयमा संसद सचिवलायलाई जानकारी दिइएको बताए । उनले खबरहबसँग भने, ‘एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका संघीय संसदका सांसदबारे सचिवलयलाई जानकारी आयोगले दिएको हो ।’

आयोगले माधवकुामर नेपाल नेतृत्वको एकीकृत समाजवादीका ३० जना सांसद रहेको र थप ४ जना सांसदले पनि समाजवादीमा रहने निवेदन दिएको संसद सचिवलायलाई जानकारी दिएको छ । एमाले त्यागेर तुलसा थापा, माया ज्ञवाली, सोमप्रसा पाण्डे र शारदादेवी भट्टले एकीकृत समाजवादी रहने निवेदन दिएका छन् ।

यस्तै जसपा विभाजन गरेर बनेको लोसपामा संघीय संसदका १४ जना सांसद रहेको जानकारी दिएको छ ।

आयोगले संसद सचिवलयलाई जानकारी दिएसँगै संसदमा अब एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी दल अस्तित्वमा आएका छन् । अब संघीय संसदमा ६ वटा दल भएका छन् । संसदमा रहेको सबैभन्दा ठूलो दल एमालेको अब १२० सांसद भएका छन् भने विभाजित बनेको अर्को दल जसपाका २२ जना सांसद छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ५ : ०८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना