संसद सचिवालयलाई निर्वाचन आयोगले दियो नेकपा एस र लोसपाका सांसदहरुबारे जानकारी « Khabarhub

संसद सचिवालयलाई निर्वाचन आयोगले दियो नेकपा एस र लोसपाका सांसदहरुबारे जानकारी


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले विभाजन गरेर बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजन गरेर बनेको लोकतान्त्रिक समाजवादी पार्टीका सांसदबाट निर्वाचन आयोगले संसद सचिवलयलाई जानकारी दिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन आयोगका दुई नयाँ दलले मान्यता पाएको विषयमा संसद सचिवलायलाई जानकारी दिइएको बताए । उनले खबरहबसँग भने, ‘एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका संघीय संसदका सांसदबारे सचिवलयलाई जानकारी आयोगले दिएको हो ।’

आयोगले माधवकुामर नेपाल नेतृत्वको एकीकृत समाजवादीका ३० जना सांसद रहेको र थप ४ जना सांसदले पनि समाजवादीमा रहने निवेदन दिएको संसद सचिवलायलाई जानकारी दिएको छ । एमाले त्यागेर तुलसा थापा, माया ज्ञवाली, सोमप्रसा पाण्डे र शारदादेवी भट्टले एकीकृत समाजवादी रहने निवेदन दिएका छन् ।

यस्तै जसपा विभाजन गरेर बनेको लोसपामा संघीय संसदका १४ जना सांसद रहेको जानकारी दिएको छ ।

आयोगले संसद सचिवलयलाई जानकारी दिएसँगै संसदमा अब एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी दल अस्तित्वमा आएका छन् । अब संघीय संसदमा ६ वटा दल भएका छन् । संसदमा रहेको सबैभन्दा ठूलो दल एमालेको अब १२० सांसद भएका छन् भने विभाजित बनेको अर्को दल जसपाका २२ जना सांसद छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ५ : ०८ बजे

प्रतिनिधिसभा बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार अपराह्न १ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६