अपर बलेफी जलविद्युत् आयोजना अन्तिम चरणमा | Khabarhub Khabarhub

अपर बलेफी जलविद्युत् आयोजना अन्तिम चरणमा


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित ३६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

निजी क्षेत्रबाट निर्माणाधीन सो आयोजनाको निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको अपर बलेफी हाइड्रोपावर कम्पनीका अध्यक्ष उमेश कसजुले जानकारी दिए ।

आयोजनाबाट उत्पादित विद्युत् दशैँअगावै परीक्षण गर्ने तयारीमा रहेको उनको भनाइ छ । सुरुङ निर्माणको काम एक वर्ष पहिले नै सम्पन्न भइसकेको बताइएको छ ।

जुगल गाउँपालिका–३ स्थित पाङरपु र लिदी नजिक बाँध बाधी चार हजार ५०० मिटर (४५००) सुरुङबाट वडा नं २ को बैकुण्ठेमा निर्माण गरिएको विद्युत्गृहमा पानी खसालिने छ । आयोजनाबाट उत्पादित विद्युत् २२ किलोमिटर प्रसारण लाइनबाट लामोसाँधुस्थित सव–स्टेशनमा आबद्ध गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

विसं २०७२ मा सुरु गरिएको सो अयोजना तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको भएपनि बाढी पहिरो तथा कोभिड–१९ सङ्क्रमणजस्ता प्राकृतिक प्रकोपका कारण समयमा सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ९ : ३० बजे

साढे तीन महिनामा काउन्सिलमा एक सय १७ उजुरी

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म प्रेस

रक्षा बमको संयोजकतामा गठन भयो जेन-जी फ्रन्ट

काठमाडौं- रक्षा बमको संयोजकत्वमा जेन-जी फ्रन्ट गठन घोषणा गरिएको छ।

वासिम र रामकुमारीको टिकटक: ‘जानेलाई नजाऊ भन्न नसकिने रहेछ’

काठमाडौं – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य वसिम आलमले टिकटक

पूर्वकेन्द्रित वर्षा : मोरङमा सबैभन्दा बढी २५० मिलीमिटर

काठमाडौं – बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’का कारण यही

मुस्ताङको सरिबुङ पास क्षेत्रमा १४ पदयात्री सम्पर्कविहीन

मुस्ताङ- मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका