चोरीका २४ वटा मोटरसाइकल सम्बन्धित धनिलाई जिम्मा « Khabarhub

चोरीका २४ वटा मोटरसाइकल सम्बन्धित धनिलाई जिम्मा


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा चोरी भएका २४ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

हस्तान्तरण गरिएका २४ मध्ये २० वटा मोटरसाईकल र ४ वटा स्कुटर रहेका छन् ।

महाशाखाले चोरी भएका मोटरसाइकल काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट फेला पारी आज सम्बन्धित धनीलाई जिम्मा लगाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी प्रहरी बृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेको बताए ।

उनले सवारी साधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको बताए ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ९ : ४५ बजे

मधेससहित पाँच प्रदेशमा भारी वर्षा, चितवनको माडीमा सबैभन्दा धेरै पानी पर्‍यो

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली – यही असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर