मलेसियामा गैरकानूनी रुपमा बसेका ७ नेपालीसहित ५५ आप्रवासी कामदार पक्राउ « Khabarhub

मलेसियामा गैरकानूनी रुपमा बसेका ७ नेपालीसहित ५५ आप्रवासी कामदार पक्राउ


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– मलेसियामा अवैध रुपमा बसेका ७ नेपालीसहित ५५ जना आप्रवासी कामदार पक्राउ परेका छन् ।

पछिल्लो समय गैरकानूनी आप्रवासी कामदारहरूमाथि मलेसिया सरकारले निगरानी बढाएपछि दैनिक नेपालीलगायतका आप्रवासी कामदार पक्राउ पर्ने गरेका छन् ।

मलेसियाको नेगेरी सेम्बिलानमा रहेको केरामिक कम्पनीमा बुधबार छापा मार्दा ५५ जना गैरकानुनी रुपमा बसेका बिदेशी कामदारलाई पक्राउ गरिएको मलेसियाली अध्यागमन विभागलाई उदृत गर्दै बेर्नामाले जनाएको ।

कम्पनीमा छापा मारी २४१ जनाको कागजपत्र चेकजाँच गरेको तथा साथमा कुनै डकुमेन्ट नभएका ७ नेपाली, ४८ बङ्लादेशी र रोजगारदाता कम्पनीका मालिकलाई मलेसिया प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये अधिकांशले कानून विपरीत र भिसामा उल्लेख भएभन्दा फरक कम्पनीमा काम गरेको पाइएको विभागले जनाएको छ । मलेसियाको कानून अनुसार विदेशी कामदारले भिसामा उल्लेख भएअनुसारकै रोजगारदाता कम्पनीमा काम गर्नुपर्दछ।

मलेसियाले गैरकानूनी कामदारहरुलाई स्वदेश फिर्तीको लागि सञ्चालनमा रहेको रिक्यालिब्रेसन कार्यक्रमको समयअवधि बढाएर यस वर्षको अन्त्यसम्म पुर्याएको छ ।

गैरकानूनी नेपालीले कसरी फर्किने घर ?

स्वदेश फर्कने गैरकानुनी रुपमा नेपालीले राहदानी वा ट्राभल डकुमेन्ट र हवाई टिकट लिएर सिधै विमानस्थल जान सकिने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार गैरकानुनी नेपालीले स्वदेश फर्कनको लागि कोरोना रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र, कोरोना खोप नलगाएको भए नेपालमा होटल क्वारेनटाइन बुक गरेको पेपर र खोप लगाएको भए सोको प्रमाणपत्र बोकेर २४ घण्टा अघिनै विमानस्थल पुग्नु पर्नेछ ।

नगद कारोबार नहुने भएकोले अध्यागमन बिभागमा तिर्नुपर्ने जरिवाना ५ सय रिङगेट क्रेडिट कार्ड, डेबिट कार्ड वा टच एन्ड गो कार्डबाट तिर्नु पर्नेछ ।

पासपोर्ट नभएको हकमा यात्रा अनुमतिपत्र बनाउनका लागि दूतावासमा नागरिकताको प्रतिलिपि, पुरानो पासपोर्टको प्रतिलिपि, पासपोर्ट साइजको दुई प्रति रंगिन फोटो र १६० मलेसियन रिंगेट दस्तुर तिरी ट्राभल डकुमेन्ट बनाएर पनि स्वदेश फर्किन सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ९ : १५ बजे

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

गण्डकी– तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा रहेको ॐ कृषि

केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’

काठमाडौं– सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौँ आएका सार्वजनिक सवारीसाधनलाई पार्किङ गर्न

होर्मुज जलक्षेत्रबाट एकजना नेपाली इरानी सेनाको नियन्त्रणमा

काठमाडौं- पश्चिम एसियाको युद्धका कारण केन्द्रबिन्दु बनेको होर्मुज जल क्षेत्रमा

बालेन सरकारले काठमाडौंमा घर घडेरी किन्ने कर्मचारीको स्रोत खोज्ला ?

काठमाडौं– अबको केही दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता

निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त

धनुषा– प्रधानमन्त्री सुशीला कार्कीले मधेस प्रदेश तथा धनुषा जिल्लामा शान्तिपूर्ण