गण्डक नहरले बगाएका तीनजनाको उद्धार « Khabarhub

गण्डक नहरले बगाएका तीनजनाको उद्धार


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पश्चिम नवपरासी– पश्चिम नवलपरासीको पालिनन्दन गाउँपालिका ३ बेलासपुरस्थित झरही खोलाको बहाव बढेर गण्डक नहरमा पसेपछि सो नहरको बहावले बगाउँदै गरेका तीन जनाको सशस्त्र प्रहरीले शुक्रबार सकुशल उद्धार गरेको छ । सोही ठाउँ बस्ने ४८ वर्षीय अजित अन्सारी, २५ वर्षीय शैलेश गुप्ता र २३ वर्षीय थेरज देवानलाई सो नहरले बगाउँदै गरेको अवस्थामा सकुशल उद्धार गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीको कमाण्माड खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले बोटको प्रयोग गरी उनीहरुलाई बगाएको स्थानदेखि करीव ५ सय मिटर तलबाट सकुशल उद्धार गरेको हो ।

यस्तै कैलाली जिल्लाको गौरीगंगा नगरपालिका ३ स्थित शिवगंगा नदीको बीच टापुमा फसेका दुई जनाको सशस्त्र प्रहरीले शुक्रबार सकुशल उद्धार गरेको छ । सोही ठाउँको कुचौनी बस्ने २२ वर्षीय राजाराम सापकोटा र १८ वर्षीया आरती सापकोटा विहीबार गते घाँस काट्न गएकोमा पानीको बहाव बढ्दा नदीको बीच टापुमा फसेका थिए ।

सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्व गण कैलालीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम रावलको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ६ : २७ बजे

त्रिशूली–३ ‘ए’ सुरुङबाट एक जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको