बाढीपहिरोमा परी जेठ ३१ यता ८५ को मृत्यु, ४४ बेपत्ता | Khabarhub Khabarhub

बाढीपहिरोमा परी जेठ ३१ यता ८५ को मृत्यु, ४४ बेपत्ता


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनसुन शुरु भएयता (गत जेठ ३१ पछि) मुलुकभर मनसुनजन्य घटनामा ८५ जनाको मृत्यु भएको छ ।

उक्त घटनामा परी अन्य ४४ जना हराइरहेका गृह मन्त्रालयले जनाएको छ । अहिलेसम्म पाँच हजार ५०० भन्दा बढीलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख होमकला पाण्डेले जानकारी दिए ।

गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापनसम्बन्धी बैठकमा विवरण सार्वजनिक गर्दै उनले अहिलेसम्म विपद्बाट ७० जिल्ला प्रभावित भएको जानकारी दिए ।

आजमात्रै बाढीबाट ४०० जना प्रभावित भएको र उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । आज तीनको मृत्यु र तीन जना वेपत्ता भएका छन् । त्यस्तै १९ घरमा क्षति भएको जनाइएको छ । बाढी पहिरोले क्षति पुर्‍याएको ३८ जिल्लामा पुनःनिर्माण गर्न रु एक अर्ब ११ करोडभन्दा बढी लाग्ने अनुमान गरिएको छ ।

महाशाखा प्रमुख पाण्डेले बाढी पहिरोका कारण आज साना ठुला गरेर २९ सडक अवरुद्ध भएको जानकारी दिए । केही खुलेका र केही खुल्न बाँकी रहेका छन् । प्राप्त विवरणअनुसार यसपालिको वर्षाका कारण कैलाली, नवलपरासी, कञ्चनपुर, कैलाली, दाङ, रौतहट, रुपन्देही, महोत्तरी, कपिलवस्तु, चितवन, खोटाङ, सिन्धुली, बाजुरालगायत जिल्ला प्रभावित भएको गृहमन्त्रालयले जनाएको छ ।

वेपत्ताको खोजी र उद्धार प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री खाँणले पछिल्लो समय देशभर आएको बाढी, पहिरोका कारण बेपत्ता भएकाको खोजी, प्रभावितको उद्धार तथा राहत वितरण प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

बाढीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्ड, तुरिया र घोडाहा खोलामा रहेको दुई पुल भत्किएको तथा सडक अवरुद्ध भएको र त्यस स्थानमा तत्काल वेलिवृज बनाउन निर्देशन दिएका छन् ।

बाढी प्रभावित ४०० परिवारलाई सुरक्षित स्थानमा राख्न र तत्काल राहत तथा उपचारको ब्यवस्था मिलाउन पनि उनले निर्देशन दिए ।

प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न पनि उनले सबै सुरक्षा निकाय तथा मातहतका सम्बद्ध अधिकारीलाई निर्देशन दिए ।

अवरुद्ध राजमार्गमा सवारी साधन सञ्चालनका लागि वैकल्पिक उपाय अपनाउन पनि उनले आग्रह गरे । आजको बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सडक विभाग, जल तथा मौसम विज्ञान विभागका अधिकारीको सहभागिता थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ६ : ५४ बजे

प्रचारप्रसार अभावले ओझेलमा रिकुका होमस्टे

दोलखा– स्थानीय उत्पादन र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखेर दुई

गण्डकीमा छ सय बढीमा डेङ्गी सङ्क्रमण

गण्डकी– गण्डकी प्रदेशमा गत पुसयता छ सय नौ जनामा डेङ्गी

सार्वजनिक निकायले पारदर्शी भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सुशासन पहिलो

बीपीको प्रशंशामा ओलीको वक्तव्य : क्षणिक स्वार्थमा मिल्नेको ‘राजनीतिक दीर्घ जीवन’ हुँदैन

काठमाडौं – प्रधान केपी शर्मा ओलीले आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित

साताको पहिलो दिन १८.४४ अंकले घट्यो नेप्से 

काठमाडौं– साताको पहिलो दिन आइतबार भएको शेयर कारोबारमा नेपाल स्टक