विपद्को जोखिमलाई ध्यानमा राखेर काम गर्न गृहमन्त्रीको खाँणको निर्देशन | Khabarhub Khabarhub

विपद्को जोखिमलाई ध्यानमा राखेर काम गर्न गृहमन्त्रीको खाँणको निर्देशन


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले सम्भावित विपद्को जोखिमलाई ध्यानमा राखेर प्रभावकारी पूर्वतयारीका साथ काम गर्न सुरक्षा अंगलाई निर्देशन दिएका छन् । शुक्रबार नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधहरुसँग छलफल गर्दै उक्त निर्देशन दिएका हुन् ।

बैठकमा मनसुनजन्य विपद्को प्रभावकारी प्रतिकार्य, पीडित परिवारलाई राहत, घाइतेहरुको उपचार र क्षति भएका भौतिक संरचना/पूर्वाधारहरुको पुनर्निर्माण पुनर्स्थापना लगायत विषयमा छलफल भएको थियो ।

दुई दिनदेखिको अविरल वर्षाका कारण कञ्चनपुर, कैलाली, दाङ, रुपन्देही नवलपरासी लगायतका जिल्लाहरु डुवानमा परिरहेका छन् । हालम्म करिब ४०० जनालाई सुरक्षित स्थानमा सारिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

बैठकमा गृह सचिव टेकनारायण पाण्डेले मनसुनजन्य विपद्का कारण जोखिम रहेका मानिसहरुको प्राथमिकताका साथ उद्धार गरी सरक्षित स्थानमा राख्नु पर्ने बताए ।

त्यस्तै अविरल वर्षाका कारण अवरुद्ध भएका सडक, खानेपानी लगायत सेवाहरु तत्काल सूचारु गर्न सबै जिम्मेवार निकायहरुले समन्वयात्क रुपमा कार्य गर्नुपर्ने विषयमा जोड दिए ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ६ : ५४ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६