ओली, महन्थ र महतो प्रतिमगनका उत्ताराधिकारी हुन् : यादव | Khabarhub Khabarhub

ओली, महन्थ र महतो प्रतिमगनका उत्ताराधिकारी हुन् : यादव


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसप) का अध्यक्ष उपेन्द्र यादवले केपी ओली र महन्थ–महतो समूह प्रतिगमनको उत्तराधिकारी भएको टिप्पणी गरेका छन् ।

जसपाले शुक्रबार जनकपुरमा आयोजना गरेको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ओली–महन्थ समूह गणतन्त्रसहितको उपलब्धि मास्ने दिशामा अघि बढेकोले उनीहरु सत्ताच्यूत भएर जनतामा नांगिएको टिप्पणी गरे ।

यादवले भने, ‘पञ्च केपी ओली केशरजंग रायमाझी बन्न खोजेका थिए र महन्थ–महतो बेदानन्द झा बन्न खोजेको थिए तर परिवर्तन विरोधी उनीहरुको कदमलाई हामीले विफल पारिदियौं ।’

संघीय गणतन्त्र र समावेशीकरण सहित आन्दोलनका उपलब्धिहरुको रक्षा जसपाले मात्र गर्न सक्ने दाबी गर्दै उनले आगामी निर्वाचनमा जसपा बलियो वैकल्पिक शक्तिको रुपमा उदय हुने विश्वास व्यक्त गरे ।

महन्थ–महतोको सांसद पद आफूहरुले जोगादिएको जिकिर गर्दै अध्यक्ष यादवले भने, ‘हामीले चाहेको भए केन्द्रदेखि प्रदेशसम्म कारबाही गरेर उनीहरुको सांसद पद खोस्न सक्थ्यौं । तर हामीले केही गरेनौं ।’

अध्यक्ष यादवले जसपालाई समाजवादको केन्द्र बताएका छन् । ‘समाजवादी भनेर कसैले नाम, नीति वा एजेन्डा बोके पनि नेपालमा समाजवादको केन्द्र जसपा नै हो’, उनले भने ।

जसपा अध्यक्ष यादवले प्रदेश २ मुख्यमन्त्री र मन्त्रीहरुलाई जनहितको कामलाई प्राथमिकता दिन निर्देशन दिएका छन् । उनले भने, ‘तपाईहरु जनताको काममा समर्पित भएर अन्य प्रदेश भन्दा फरक तर उदाहरणीय बनेर देखाउनुस् ।’

सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय अनुसार प्रदेश २ अन्तर्गत जनकपुरमा शीर्ष नेतृत्व सहभागी प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रम शुक्रबार आयोजना गरिएको हो ।

कार्यक्रममा जसपा पार्टी अध्यक्ष यादवसहित वरिष्ठ नेता अशोक राई, महेन्द्र राय यादव, उपाध्यक्ष रेणु यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, कोषाध्यक्ष विजय यादव, जनकपुर उपमहानगर प्रमुख लालकिशोर साह लगायतको उपस्थिति थियो ।

पार्टी सुदृढीकरण, संगठन विस्तार एवं जनजागरण (सुज) अभियान अन्तर्गत जनकपुरमा आयोजित प्रदेशस्तरीय कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका पार्टी अगुवा नेतृत्वको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ७ : ४० बजे

संघीय लोकतान्त्रिक मोर्चाको बैठक आइतबार फेरि बस्ने

काठमाडौं– मधेशवादी दलहरूको संयुक्त मोर्चा संघीय लोकतान्त्रिक मोर्चाको बैठक आइतबार

मोहन वैद्यको स्वास्थ्यमा चमत्कारिक सुधार, हिँडडुल गर्न सक्ने भए

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त र पूर्वसभामुख

अवरूद्ध हवाई सेवा क्रमश: सञ्चालन गर्दै इरान 

एजेन्सी– इरानले आन्तरिक तथा बाह्य उडानका लागि आफ्नो पूर्वी हवाई

लागूऔषध नियन्त्रणमा सहकार्य र समन्वय आवश्यक : मुख्यमन्त्री कार्की 

इनरुवा – कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागूपदार्थ दुर्व्यसन

इरानी सर्वोच्च नेता खामेनेईले भने- आत्मसमर्पण गर्दैनौँ, अमेरिकी बेसमा फेरि आक्रमण गर्न सक्छौँ

तेहरान- इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले बिहीबार एक टेलिभिजन