नेकपा (एकीकृत समाजवादी) सरकारमा जाने, मन्त्रालय र नाम टुंगो लाग्न बाँकी « Khabarhub

नेकपा (एकीकृत समाजवादी) सरकारमा जाने, मन्त्रालय र नाम टुंगो लाग्न बाँकी


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) पार्टीले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो ।

एकीककृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा.बेदुराम भुषाल र प्रमेश हमाल रहेको स्थायी कमिटीको बैठकले सरकारमा जाने निर्णय गरेको हो ।

बैठकले सरकारमा सहभागी हुने निर्णय गरेपनि मन्त्रालयको टुंगो नलागेको हुँदा नाम पनि पछि टुंगो लगाउने बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

पाँच दलीय गठबन्धन भित्र काँग्रेसले ७, एकीकृत समाजवादी, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा)ले ६/६ मन्त्रालय लिने सहमति यस अघि नै भइसकेको छ ।

बुधबार मात्रै निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टीलाई दर्ता गर्दै नयाँ दलको मान्यता दिएको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ८ : २६ बजे

‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले आन्तरिक स्रोत सुदृढ बनाउँदै राजस्व चुहावट

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।