यमनमा हुथी बिद्रोही र सरकारी सेनाबीच भिडन्त, ५० जनाको मृत्यु « Khabarhub

यमनमा हुथी बिद्रोही र सरकारी सेनाबीच भिडन्त, ५० जनाको मृत्यु


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यमनको मारिबमा भएका भिडन्तमा पछिल्लो ४४ घण्टामा हुथी विद्रोही र यमेनी सरकार समर्थक सेनासहित कम्तीमा ५० को मृत्यु भएको छ ।

तेल सम्पन्न उत्तरी क्षेत्रमा रहेको सरकारको अन्तिम गढ मारिबमाथि इरान समर्थित हुथी विद्रोहीले पुनः आक्रमण गरेपछि यस महिनामा मात्रै सयौंको मृत्यु भएको छ ।

“विगत ४८ घण्टामा, ४३ हुथी लडाकुहरूको यमनमा रहेको साउदी नेतृत्वको गठबन्धन सेनाको आक्रमणमा मारिएका छन्,” मारिबको पश्चिममा रहेको सैनिक स्रोतले एएफपीलाई बताएको छ ।

सैनिक अधिकारीका अनुसार लडाइँमा यमनी सेना र यसलाई सहयोग गर्दै आएको स्थानीय लडाकूहरू गरी कम्तीमा सातको मृत्यु भएको छ ।

मारिबलाई नियन्त्रणमा राख्नका लागि सेप्टेम्बर महिनामा भएको झडपमा मात्र करिब ४०० जनाको मृत्यु भएको जनाइएको छ । सो क्षेत्रमा भएको झडपमा सुस्ततापछि सो घटना भएको हो ।

हुथीहरूले सुरुमा यस क्षेत्रको तेल स्रोतको नियन्त्रण जफत गर्ने र शान्ति वार्तामा आफ्नो स्थान सुदृढ पार्ने महत्वाकाङ्क्षासहित फेब्रुअरीमा मारिब कब्जा गर्ने आफ्नो रणनीतिसाथ आक्रमण गर्दा दुबैतर्फ ठूलो सङ्ख्यामा क्षति भएको हो ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ६ : ३४ बजे

हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार

काठमाडौं– बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन्

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा