युरोपको इतिहासमै पहिलोपटक आइसल्याण्डको संसदमा महिलाको बहुमत « Khabarhub

युरोपको इतिहासमै पहिलोपटक आइसल्याण्डको संसदमा महिलाको बहुमत


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपको इतिहासमा नै पहिलो पटक आइसल्यान्डको नयाँ संसदमा आधाभन्दा बढी सिटमा महिला सदस्य विजयी भएका छन् ।

आइसल्याण्डमा सम्पन्न निर्वाचनको आइतबार सार्वजनिक गरिएको अन्तिम चुनावी परिणामले संसदमा बहुमत सदस्य पुगेका देखाएको छ ।

आइसल्याण्डको संसद (अल्थिङ) का ६३ सिटमध्ये ३३ सिट अर्थात् ५२.३८ प्रतिशत सीटमा महिलाको विजय भएको हो ।

विश्व बैंकका अनुसार अहिलेसम्म अन्य कुनै पनि युरोपेली मुलुकमा ५० प्रतिशतभन्दा बढी महिला कानून निर्माण गर्ने तह संसदमा पुगेका छैनन् ।

यस पहिले स्वीडेनमा ४७ प्रतिशतको नजिक महिला सांसदको प्रतिनिधित्व बनाउन सफल भएपनि उक्त रेकर्डलाई आइसल्याण्डले तोडिदिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ७ : ११ बजे

सिमकोटमा खानेपानीको अभाव

हुम्ला- जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि

रञ्जित रेको नजरमा जेन-जी सरकार र नेपालको आगामी यात्रा

स्थापना भएको चार वर्षमै राष्ट्रिय स्वतन्त्र पार्टीले विशाल बहुमत प्राप्त

छोरीसँगै किमद्वारा रकेट प्रहार अभ्यास अवलोकन

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी किशोरी छोरीसँगै

एन्फा राष्ट्रिय लिगमा जावलाखेलको जित, काक्रेबिहार पराजित 

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले काक्रेबिहार