आईपीएल : बैंगलोरले मुम्बइलाई हरायो « Khabarhub

आईपीएल : बैंगलोरले मुम्बइलाई हरायो


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बइ इन्डियन्सलाई पराजित गरेको छ ।

दुबइमा आइतबार राति भएको खेलमा बैंगलोरले साविक विजेता मुम्बइलाई ५४ रनले पराजित गरेको हो ।

बैंगलोरले दिएको १ सय ६६ रनको लक्ष्य पच्छ्याएको मुम्बइ १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ११ रनमा समेटियो ।

मुम्बइका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४३ रन र क्विन्टन डी ककले २४ रन बनाउन बाहेक अन्य ब्याट्स्म्यानले उल्लेख्य योगदान गर्न सकेनन्  ।

बैंगलोरका हर्सल पटेलले ह्याट्रिकसहित ४ विकेट लिए । उनले १६ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा विकेट लिएर ह्याट्रिक पूरा गरेका थिए । युजभेन्द्र चाहलले ३ तथा ग्लेन म्याक्सवेलले २ विकेट लिए ।

पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो ।

बैंगलोरका ग्लेन म्याक्सवेलले ५६ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विराट कोहलीले ५१ रनको अर्धशतकीय  इनिङ्स खेले । श्रीकर भारतले ३२ रन जोड्दा एबी डी भिलियर्सले ११ रन बनाए ।

जितसँगै बैंगलोर १० खेलमा १२ अंकसहित तेस्रो स्थानमा छ । मुम्बई ८ अंकसहित सातौं स्थानमा छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ५ : ५० बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ