स्वतन्त्र र खुला इन्डोप्यासिफिक क्षेत्रको प्रबर्द्धन क्वाड नेताहरुको जोड « Khabarhub

स्वतन्त्र र खुला इन्डोप्यासिफिक क्षेत्रको प्रबर्द्धन क्वाड नेताहरुको जोड


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- क्वाड नेताहरुले स्वतन्त्र र खुला, इन्डो प्यासिफिक क्षेत्रको प्रवर्द्धन गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा क्रममा भएको साइडलाइन क्‍वाड सम्मेलनमा पहिलो पटक सदस्य राष्ट्रका प्रमुखहरु भौतिक रुपमा आमनेसामने भएका थिए ।

क्‍वाड सम्मेलनमा अमेरिकाका राष्ट्रपति जो बाइडेन, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री योशीहिदे सुगा सहभागी भएका छन् ।

क्वाड सम्मेलनपछि जारी संयुक्त विज्ञप्तिमा इण्डो प्यासिफिक क्षेत्रमा आफूहरुले प्राप्त गरेका उपलब्धि र आगामी दिनमा गर्नसक्ने कामको समीक्षा गर्ने अवसरको रुपमा सम्मेलन भएको बताएका छन् ।

उनीहरुले यस क्षेत्रमा नियममा आधारित व्यवस्था, अन्तर्राष्ट्रिय कानुनको पालना, सुरक्षा र समृद्धिको प्रवर्द्धन गर्नेबारे नेताहरुबीच छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।

दक्षिण चीन सागरमा बढ्दो चिनियाँ प्रभावले क्षेत्रीय तनाव बढाएको उनीहरुको निष्कर्ष छ । चीनले दक्षिण चीन सागरको नाइन ड्यास लाइनलाई एकाधिकार दाबी गर्दै आएको छ । यससँगै चीनले आफ्नो मुलुकबाहिरको बेस जिबुटीका स्थापना गरिरहेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी कानुनी शासनको पक्षमा उभिन्छौ, निगरानी र उडानका लागि स्वतन्त्रता, विवादको शान्तिपूर्ण समाधान, प्रजातान्त्रिक मूल्य र भौगोलिक अखण्डता सम्मानको पक्षमा उभिन्छौँ । हामी साझेदारीको रुपमा एकसाथ काम गर्न प्रतिबद्ध छौँ ।’

क्वाड नेताहरु आसियन ग्रपिङको विषयमा पनि छलफल गरेका थिए । नेताहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आसियनको एकता र केन्द्रीयतालाई समर्थन गर्दछौँ । त्यसैगरी इण्डो प्यासिफिकमा सहकार्य गर्ने  सन् २०२१ मा जारी ईयू रणनीतिलाई पनि हामी स्वागत गर्दछौँ।’

ईयूले जारी गरेको रणनीति कार्यान्वयन हुनुपर्ने पनि नेताहरुले बताएका छन् ।

यस्तै जापान र भारतसँग कनेक्टिभिटी साझेदारीको कार्यान्वयनमा  अघि बढ्ने पनि सहमति बैठकले गरेको छ । त्यसका लागि  यूरोप र हिन्द प्रशान्तबीचमा कनेक्टिभिटी सुधार गर्न आवश्यक कोष परिचालनको सुविधा पनि उपलब्ध गराइएको छ ।

कोभिड १९ ले थला पारेको स्वास्थ्य र आर्थिक क्षेत्रको सुधार गर्न प्रशान्त टापु देशहरुलाई सहयोग गर्ने पनि क्वाड नेताहरूले बताएका छन् ।

‘हामी साना टापु राज्यहरुलाई विशेष गरी प्रशान्त महासागरहरुलाई आर्थिक सहयोग बढाउनका लागि हामी प्रतिवद्ध छौँ’, संयुक्त वक्तव्यमा भनिएको छ ।

स्रोत : एएनआई

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ९ : ४१ बजे

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको

विजयले सके ‘सिन्दुरे जात्रा’को सुटिङ, बीचमा भएका थिए घाइते

काठमाडौं – नायक विजय बरालले फिल्म ‘सिन्दुरे जात्रा’को सुटिङ पूरा

उत्पादन वृद्धि र नयाँ लगानीमा सरकारले जोड दिएको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन क्षमतामा बृद्धि, व्यवसाय विस्तार

रास्वपा केन्द्रीय समिति बैठक जारी, महाधिवेशनको समीक्षादेखि आगामी अभियानबारे छलफल हुँदै

काठमाडौं– रास्वपा केन्द्रीय समिति बैठक पार्टी कार्यालयमा सुरु भएको छ ।