विराटनगरमा अवतरण नभएको बुद्ध एयरको जहाज काठमाडौँमा ‘आकस्मिक’ अवतरण « Khabarhub

विराटनगरमा अवतरण नभएको बुद्ध एयरको जहाज काठमाडौँमा ‘आकस्मिक’ अवतरण


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विराटनगरमा अवतरण गर्न समस्या भएपछि काठमाडौँ फर्काइएको बुद्ध एयरको विमान ‘आकस्मिक’ र सुरक्षित अतवरण भएको छ ।

८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको विमान ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसकी काठमाडौंतर्फ फर्किएको थियो । बुद्ध एयरको ९ एन एएनआई एटिआर विमान आकाशमा करिव १० फन्को लगाएर १०:२१ बजे त्रिभुवन विमानस्थलमा सुरक्षितरुपमा अवतरण भएको हो ।

दुई घण्टा आकाशमा होल्ड भएको विमानको इन्धनसमेत सकिन लागेपछि आवश्यक सबै आकस्मिक तयारी पूरा गरेर अवतरण गरिएको त्रिभुवन विमानस्थल प्रशासनले जनाएको छ ।

क्याप्टेन एजी शेर्पाले उडाएको उक्त विमानमा ७३ यात्रु र चालकदलका ४ सदस्य सवार थिए । विमान ठिकठाकसँगै अवतरण भएपछि सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल रहेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १० : ४४ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको