राष्ट्रियसभा बैठक एक सातासम्मका लागि स्थगित « Khabarhub

राष्ट्रियसभा बैठक एक सातासम्मका लागि स्थगित

आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइयो


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभा बैठक एक सातासम्मका लागि स्थगित भएको छ ।

आज (सोमबार बिहान बसेको बैठकले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेसँगै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक यही असोज १७ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

अध्यक्ष तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु उठेर अवरोध जारी राखेका थिए ।

एमालेको अवरोधबीच अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक अघि वढाएका थिए ।

अर्थमन्त्री जनार्दन शर्माले उक्त विधेयक छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ११ : ३१ बजे

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब