चितवनका सात स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व « Khabarhub

चितवनका सात स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कांग्रेस– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत चितवनका ७ स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । असोज ९ र १० गते सम्पन्न पालिका अधिवेशनले अधिकांश नयाँ अनुहारलाई स्थानीय तहको नेतृत्वमा जिम्मेवारी दिएको छ ।

आइतबार राति सम्पन्न भरतपुर महानगरपालिकाको अधिवेशनले चित्रसेन अधिकारीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीलाई १०३ मतले पराजित गरे । चित्रसेनले ६४९ मत ल्याउँदा भरतले ५४६ मत ल्याए ।

यस्तै महानगरको उपसभापतिमा बुद्धिकान्त न्यौपाने र विजय घले विजयी भएका छन् । उनीहरुले क्रमशः ६६१ र ५५६ मत ल्याई विजयी भएका हुन् । सचिवमा कृष्ण बगाले र प्रनिसा गुरुङ विजयी भएका छन् । उनीहरुले क्रमशः ४५६ र ५६४ मत ल्याए ।

सहसचिवमा उपेन्द्र पण्डित र कल्पना खड्का पौडेल विजयी भएका छन् । उनीहरुले क्रमशः ५१३ र ४२० मत ल्याएर विजयी बने । रत्ननगर नगरपालिकाको कांग्रेस सभापतिमा प्रह्लाद सापकोटा विजयी बनेका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी रुपनराज घिमिरेलाई ७८ मत अन्तरले पराजित गरे । सापकोटाले २४६ मत ल्याउँदा घिमिरेले १६७ मत प्राप्त गरे । उपसभापति अपिल अधिकारी र कमला अधिकारी, सचिवमा अनिता अधिकारी र तीर्थराज सुवेदी, सहसचिवमा अमृत मल्ल र रामचन्द्र पौडेल विजयी भएका छन् ।

पूर्वी चितवनको कालिका नगरपालिकामा दिपेश्वर केसी विजयी भएका छन् । केसीले आफ्ना निकटतम् प्रतिस्पर्धी लीलाबहादुर गुरुङलाई १० मत अन्तरले पराजित गरेका हुन् । उनले ११२ मत ल्याउँदा प्रतिस्पर्धी लीलाबहादुर गुरुङले १०२ मत प्राप्त गरे ।

यस्तै उपसभापतिमा चेतबहादुर गुरुङ र जेएन महतो विजयी भएका छन् । सचिवमा राजन रेग्मी र फडिन्द्र लामिछाने, सहसचिवमा योजना न्यौपाने अधिकारी र विश्वास अर्याल विजयी भएका छन्। राप्ती नगरपालिकामा भएको निर्वाचनमा देवेन्द्र लामा विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धीलाई ४० मत अन्तरले पराजित गरेका हुन् । लामाले १२७ मत ल्याउँदा उनका प्रतिस्पर्धी नारायण उप्रेतीले ८७ मत ल्याएका छन् । राप्तीको उपसभापतिमा अनिता खरेल र कृष्णप्रसाद पाण्डे विजयी भएका छन् । सचिवमा राजकुमार सिलवाल र लक्ष्मी कँडेल विजयी भएका छन् । सहसचिवमा मनोज तामाङ र तारामाया प्रजा विजयी भएका छन् ।

खैरहनी नगरसभापतिमा गुणराज श्रेष्ठ विजयी भएका छन् ।

माडी नगरपालिकामा पुनःकोमलनाथ भुसालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनमा भुसालले आफ्ना निकटतम प्रतिस्पर्धी खेम महतोलाई तीन मत अन्तरले पराजित गरेका हुन् । माडीको उपसभापतिमा गणेश पौडेल र मायाराम अधिकारी, सचिवमा अपिल अधिकारी र लोकनाथ लामिछाने, सहसचिवमा इन्द्र चापागाईं र दिक्षा भट्टराई विजयी भएका छन् ।

जिल्लाको एकमात्रै गाउँपालिका इच्छाकामनाको सभापतिमा कृतिकुमार श्रेष्ठ विजयी भएका छन् । प्रतिद्वन्द्वी विष्णुकुमार कुँवरलाई चार मतान्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।

उपसभापतिमा देवलाल गुरुङ र दिपक खनाल, सचिवमा तुलबहादुर गुरुङ र हिरा गुरुङ, सहसचिवमा उत्तमकुमार गुरुङ र सुधीर अधिकारी निर्वाचत भएका छन् । रासस

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १२ : ५५ बजे

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय

शिक्षामन्त्री पोखरेलद्वारा बोर्डको नतिजा प्रक्रियाको बचाउ

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाको

भीरबाट खसेको ढुङ्गा लागेर युवकको मृत्यु

मान्म– कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भीरबाट खसेको ढुङ्गा