बन्द हुँदै ‘सुपर डान्सर ४’ « Khabarhub

बन्द हुँदै ‘सुपर डान्सर ४’


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– भारतीय टेलिभिजनको हिट डान्स रियालिटी शो ‘सुपर डान्सर ४’ यसै वर्षको मार्चबाट सुरु भएको थियो । यो शोसम्म दर्शकलाई तान्नका लागि निर्माताले निकै मेहनत गरेका थिए । उनीहरुले कैयौं हप्तासम्म कुनै पनि डान्सरलाई शोबाट बाहिर निकालेका थिएनन् ।

यद्यपि निर्माताले त्यति गर्दा सफलता पाउन सकेनन् । यहीकारण निर्माताले अब यो शोलाई सदाका लागि बन्द गर्ने योजना बनाएका छन् । शोले कम टिआरपी पाएपछि च्यानलका निर्माताले यो प्रसारण हुने समयमा अर्को नयाँ शो ल्याउने तयारी गरेका छन् । जसका लागि उनीहरुले प्रोमो सार्वजनिक गरिसकेका छन् ।

च्यानलका निर्माताले एक नयाँ डान्स रियालिटी शो ‘इण्डियाज बेस्ट डान्सर २’को प्रोमो सार्वजनिक गरेका छन् । यो शो आगामी अक्टोबरबाट सुरु हुँदैछ । यसको समय तालिका शनिबार र आइतबार राती ८ बजे राखिएको छ ।

जबकी यो समयमा ‘सुपर डान्सर ४’ प्रसारण हुन्थ्यो । यो शोकै समयमा अर्को शो प्रसारण हुने भएपछि शो बन्द हुने पुष्टि भएको हो । यद्यपि तत्कालका लागि निर्मातालाई ‘सुपर डान्सर ४’ बन्द गर्न कठिन छ किनभने यो शोमा अझै ७ डान्सर बाँकी छन् । ‘इण्डियाज बेस्ट डान्सर’ सुरु हुने एक महिना पनि बाँकी छैन ।

शोमा गत साता अभिनेत्री हेमा मालिनी अतिथी बनेर आएकी थिइन् । त्यही समयमा उनले सिजनको विनर ट्रफीको झलक देखाएकी थिइन् । निर्माताले शो बन्द हुने विषयमा केही बोलेका छैनन् ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ५ : २८ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र दिँदै

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई आज प्रमाणपत्र

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि