बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयमा सचिवहरुसँग छलफल « Khabarhub

बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयमा सचिवहरुसँग छलफल


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका विषयमा मन्त्रालयका सचिवहरुबीच उच्चस्तरीय छलफल भएको छ ।

सोमवार अर्थमन्त्रालयमा आयोजित बैठकमा नयाँ बजेटले समेटेका नयाँ कार्यक्रम तथा अघिल्लो बजेटबाट निरन्तरता दिइएका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको हो ।

बजेटमा विकासका आयोजना कार्यान्वयन गरी पूँजिगत खर्च बढाउन मासिक कार्य प्रतिशत निर्धारण गर्ने, कार्यविधि तयार गर्नुपर्ने विषयहरुमा तत्काल कार्य सम्पन्न गर्ने, अन्तरमन्त्रालय समन्वय गरी निर्णय गर्नुपर्ने विषयलाई यथाशीघ्र अघि बढाउनेलगायतका निर्णय भएको छ ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले आ–आफ्नो जिम्मामा परेका कामहरुको सूची तयार गरी मासिक कार्य प्रतिशतका आधारमा तत्काल कार्यान्वयन कार्ययोजना बनाउन सचिवहरुलाई निर्देशन दिए ।

बजेट कार्यान्वयन र पूँजिगत खर्चका सम्बन्धमा अर्थमन्त्रायबाट सम्पादन हुने कार्यहरुमा कुनै ढिलाई नहुने प्रतिवद्धता समेत उनले गरे । मन्त्री शर्माले अर्थमन्त्रालयमा आएका कार्यविधि निर्माण सम्बन्धी पुराना फाइलहरु ७ दिनभित्र र अब प्राप्त हुने नयाँ फाईलहरु ३ दिनभित्र टुंगो लगाउने गरी तीब्र गतिमा काम गर्न निर्देशन दिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले नयाँ बजेटले निर्धारण गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष हासिल गर्न सबै मन्त्रालयहरुले धेरै नै मेहेनत गर्नुपर्ने बताए ।

अर्थसचिव मधु कुमार मरासिनीले गठबन्धन सरकारको न्यूनतम साझा नीति कार्यक्रमअनुसार आएको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मासिक कार्ययोजना बनाएर तत्काल काम थाल्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ६ : ३२ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब