४ लाख २३ हजार कोरोना संक्रमित थपिए, ३ लाख ७९ हजार निको « Khabarhub

४ लाख २३ हजार कोरोना संक्रमित थपिए, ३ लाख ७९ हजार निको

७ हजार ४८२ संक्रमितको मृत्यु


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख २३ बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ४ लाख २३ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसअनुसार सबैभन्दा धेरै अमेरिकामा ६९ हजार ३९९, बेलायतमा ४० हजार ९५४, रुसमा ३६ हजार ४४६, टर्कीमा २९ हजार ६४३, भारतमा १३ हजार ५०९ र ब्राजिलमा १३ हजार ४२४ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ३ लाख ७९ हजार ६०१ जना कोरोनामुक्त भएका छन् । सबैभन्दा धेरै अमेरिकामा ९५ हजार ३४, टर्कीमा ३१ हजार ४६७, रुसमा २६ हजार ९७३, बेलायतमा २६ हजार ३१७, ब्राजिलमा २१ हजार ४५४ र भारतमा १४ हजार ४९ जना संक्रमणमुत्त भएका छन् ।

गत २४ घण्टामा ७ हजार ४८४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकामा एक हजार ४५६, रुसमा एक हजार १०६, भारतमा ५८४, ब्राजिलमा ४०९, बेलायतमा २६३ र टर्कीमा २१५जना रहेका छन् ।

यससँगै विश्वभर कोरानाका कुल संक्रमितको संख्या २४ करोड ५२ लाख ५५ हजार ९७६ पुगेको छ । तीमध्ये २२ करोड २३ लाख २९ हजार ४५ जना निको भइसकेका छन् भने ४९ लाख ७८ हजार १९८ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ६ : ४५ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर