नेपाली फुटबल टिमलाई कांग्रेसको तरुण विभागले सम्मान गर्दै « Khabarhub

नेपाली फुटबल टिमलाई कांग्रेसको तरुण विभागले सम्मान गर्दै


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको तरुण विभागले इतिहास रच्न सफल नेपाली फुटबल टिमलाई आज बुधबार सम्मान गर्दैछ । राष्ट्रिय शभा गृह प्रदर्शनीमार्गमा २ बजे गृहमन्त्री बालकृष्ण खाँणले फुटबल टिमलाई सम्मान गर्नेछन् ।

माल्दिभ्सको मालेमा हालै सम्पन्न १३औँ दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शनका साथ ऐतिहासिक सफलता हासिल गरेको नेपालको राष्ट्रिय फुटबल टिमलाई एक लाख ११ हजार नगद र सम्मान पत्रबाट सम्मान गरिन लागिएको तरुण विभागका संयोजक एवम् पूर्वमन्त्री शंकर भण्डारीले जानकारी दिए ।

फाइनलमा नेपाली फुटबल टिम भारतसँग भिडेको थियो । भारतसँग नेपाली टिम पराजित भए पनि इतिहास रच्न सफल भएको छ ।

‘उत्कृष्ट प्रदर्शनका साथ नेपाली राष्ट्रिय टोलीले साफ च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गर्ने वित्तिकै तरुण विभागले राष्ट्रिय टोलीका खेलाडीलाई सम्मान गर्ने निर्णय गरिसकेको थियो । फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि उपाधि यसपाली हाम्रो हुन सकेन । तर पहिलो पटक फाइनल पुग्ने खुट्किलो चढेका छौं । अर्को पटक पक्कै हामी दक्षिण एसियाको च्याम्पियनबन्ने विश्वास लिएका छौं,’तरुण विभागले विज्ञप्तिमा भनेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ९ : ४२ बजे

ओली–लेखक पक्राउबारे कांग्रेस किन मौन ?

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका

अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमालेको प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ– पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नेकपा एमालेले

पक्राउ परेका ओली अस्पताल भर्ना, ५०१ नम्बर बेडमा राखियो

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय (त्रिवि)

कांग्रेसले आज नवनिर्वाचित सांसदहरुका लागि सचेतना कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आज ‘संसदीय सचेतना’ कार्यक्रम

ओली र लेखकको तत्काल रिहाइ गर्न कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा