प्रधानन्यायाधीश जबराले राजीनामा नगरेसम्म समस्या समाधान हुँदैन: संविधानविद् आचार्य « Khabarhub

प्रधानन्यायाधीश जबराले राजीनामा नगरेसम्म समस्या समाधान हुँदैन: संविधानविद् आचार्य


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । संविधानविद् डा. भिमार्जुन आचार्यले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा न्यायालयमा देखिएका बेथिति सुधार गर्न असफल भएकाले राजीनामा दिनु अहिलेको उपयुक्त विकल्प भएको बताएका छन् ।

रेडियो क्यान्डिडको कार्यक्रम ‘क्यान्डिड टक’मा कुराकानी गर्दै संविधानविद् डा. आचार्यले अहिलेको परिस्थितिले केही समय टकराब उत्पन्न गरेपनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनु पर्ने बताएका हुन् ।

अहिले संविधानले न्यायालयलाई स्वतन्त्रता दिए पनि व्यवहारमा स्वतन्त्र हुन नसकेको र प्रधानन्यायाधीशले आफैले गरेका थुप्रै सुधारका प्रतिबद्धताहरु कार्यान्वयन गर्न नसकेकाले असफल भएको आचार्यको टिप्पणी छ ।

पछिल्लो समय सरकार सञ्चालनमा भाग खोजेकोलगायतका विषयलाई मात्रै जोडेर प्रधानन्यायाधीशमाथि प्रश्न उठेको नभइ करिब ३ वर्षको अवधि काम गर्ने अवसर पाउँदा पनि जबराले काम गर्न नसकेकाले आलोचना भएको आचार्यको भनाइ छ ।

संवैधानिक इजलासमा रहेका न्यायाधीशहरुले पनि राजीनामा दिनु पर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्क उचित नभएको पनि आचार्यले बताए । न्यायिक नेतृत्वको आचरण असल भए न्यायालय पनि राम्रो हुने भएकाले जबराको राजीनामाबाटै शुद्धीकरणको थालनी गर्नु पर्ने उनको जोड छ ।

संविधानविद् आचार्यसँगको कुराकानी यहाँ सुन्नुहोस्

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १० : २० बजे

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम