ज्योति स्मार्ट सेभिङ्ग्स बचत खातामा सर्वाधिक ५.७५ प्रतिशत ब्याजदर « Khabarhub

ज्योति स्मार्ट सेभिङ्ग्स बचत खातामा सर्वाधिक ५.७५ प्रतिशत ब्याजदर


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ज्योति विकास बैंकले शुन्य मौज्दातमा बचत, निशुल्क डिम्याट र निशुल्क मेरो सेयर गरि एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत खातामा सर्वाधिक ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

बचत संगसंगै डिम्याट खाता र मेरो शेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङ्ग्स खाता संचालनमा ल्याइएको हो ।

यस बचत खातामा ग्राहकहरुले शुन्य मौज्दातमै निशुल्क डिम्याट खाता, निशुल्क मेरोसेयर रजिस्ट्रेशन, निशुल्क सिआस्वा, निशुल्क मोबाईल बैंकिंग सेवा, निशुल्क इन्टरनेट बैंकिंग सेवा र निशुल्क डेबिट कार्ड सुविधाहरु पाउन सक्नेछन्।

साथै यस बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधामा ५० प्रतिशत छुट पनि रहेको छ । ग्राहकहरुले ज्योति स्मार्ट सेभिङ्ग्स खाता आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा गई अथवा अनलाइन मार्फत पनि खाता खोली आकर्षक ब्याजदर सहितको सुविधा लिन सक्नेछन्।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलब्ध गराउँदै आईरहेको छ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ११ : ५९ बजे

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि धमाधम काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा