विवाहका कारण रणवीरले सारे ‘एनिमल’ सुटिङ « Khabarhub

विवाहका कारण रणवीरले सारे ‘एनिमल’ सुटिङ


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– बलिउड अभिनेता रणवीर कपूर हालका दिनमा आफ्नो निजी जीवन र व्यावसायिक जीवनका कारण चर्चामा छन् । रणवीर र उनकी प्रेमिका अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’का कारण चर्चामा छन् । यसबाहेक यो जोडी विवाहको तयारीको मामलाले पनि उत्तिकै चर्चामा छन् ।

रणवीरको फिल्म ‘ब्रह्मास्त्र’ रिलिज र उनको विवाह यसअघि नै भइसक्नुपर्ने थियो । तर कोरोना महामारीका कारण उनीहरुले फिल्म रिलिजसँगै विवाहको मिति पनि सार्दै आएका थिए । अहिले रणवीरले आफ्नो विवाहको तयारीको कारण देखाउदै फिल्म ‘एनिमल’ को सुटिङ सारेका छन् ।

रणवीर निकट स्रोतका अनुसार रणवीर र आलियाले यसै डिसेम्बरमा विवाह गर्दैछन् । रणवीरले डिसेम्बरमै फिल्म ‘एनिमल’को सुटिङ सुरु गर्नुपर्ने थियो । तर विवाहको कारण देखाउदै उनले सुटिङको काम अर्को वर्षसम्म सारेका छन् ।

यता आलियाले पनि आगामी वर्षको जनवरीसम्म कुनै पनि प्रोजेक्टमा आफ्नो समय छुट्याएकी छैनन् । रणवीर र आलियाले राजस्थानमा विवाह गर्ने सम्भावना प्रबल छ । यो विवाहमा दुवैको परिवार र निकट साथीहरुमात्र उपस्थित हुनेछन ।

विवाह पछि रणवीर र आलिया बस्ने घर कृष्णा राज बंगलाको पुननिर्माणको काम तिब्र रुपमा भइरहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १२ : १० बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री