राष्ट्रिय पुस्तकालयको भवन जमलमा बन्ने « Khabarhub

राष्ट्रिय पुस्तकालयको भवन जमलमा बन्ने


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय पुस्तकालयको भवन काठमाडौँको जमलमा बन्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पुस्तकालय भवन जमलमा बनाउने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

२०७२ सालमा आएको विनाशकारी भूकम्पले हरिहर भवनस्थित पुस्तकालयको भवनान क्षतिपुर्‍याएको थियो । भवन नभएपछि पुस्तकालयका महत्त्वपूर्ण पुस्तकहरू अलपत्र अवस्थामा रहेकाले सरकारले जमलमा नै नयाँ भवन बनाउने निर्णय गरेको शिक्षा मन्त्रीका प्रेस सल्लाहकार विमल खड्काले बताए ।

शिक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले जमलस्थित कित्ता नं. १२७० मा पुस्तकालय भवन बनाउने निर्णय गरी विस्तृत परियोजनाको काम अघि बढाउन स्वीकृति समेत दिएको उनले बताए ।

जमलमा रहेको ७ रोपनी १५ आना ३ पैसा ३ दाम जग्गामा पुस्तकालय भवन निर्माण हुनेछ।

यसअघि केपी ओली नेतृत्वको सरकारले २०७५ असोज २८ मा नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्किने डिजाइनसहितको राष्ट्रिय पुस्तकालय भवन जमलमै निर्माण गर्ने निर्णय गरेको थियो।

तर २०७७ साउन ५ गते सोही नेतृत्वको सरकारले ‘अर्को निर्णय नभएसम्म जमलको जग्गामा पुस्तकालयको भवन निर्माण नगर्ने/नगराउने’ निर्णय गरेपछि काम रोकिएको थियो।

त्यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि टुँडिखेल क्षेत्रलाई खुला र विस्तार गर्ने योजना अन्तर्गत त्रिचन्द्र क्याम्पसको केही भाग जमलमा सार्ने र राष्ट्रिय पुस्तकालयलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने जनाएको थियो।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १२ : १४ बजे

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत– राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल असार २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २५ गते बिहीबार सन् २०२६