एमाले अधिवेशन: सुर्खेतका ९९ वटा वडामध्ये ८० वडामा सर्वसम्वत नेतृत्व चयन « Khabarhub

एमाले अधिवेशन: सुर्खेतका ९९ वटा वडामध्ये ८० वडामा सर्वसम्वत नेतृत्व चयन


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- नेकपा एमालेको सुर्खेतको ९९ वटा वडामा भएको अधिवेशनमा ८० वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । मंगलबार भएको वडा अधिवेशनमा ८० वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने बाँकी १९ वटा वडामा विवाद छ ।

६ कात्तिकमा देशभरका वडा अधिवेशन सम्पन्न भए पनि सुर्खेतमा ९ कात्तिकमा वडा अधिवेशन भएको हो । निर्वाचन सम्पन्न भएका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले बताए ।

वडा कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता रहेको भए पनि नेतृत्व तहमा न्यून महिलाको सहभागिता देखिएकाे छ । निर्वाचन सम्पन्न भएका ८० मध्ये ७८ वडाको नेतृत्व पुरुषले लिएका छन् । दुई वडाको नेतृत्व महिलाको हातमा पुगेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ र १० को नेतृत्व महिलाले लिएका हुन् ।

सुर्खेतको वीरेन्द्रनगरपालिका वडा नम्बर ८ मा देवी पौडेल र वडा नम्बर १० लक्ष्मी शाही अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  २ : १९ बजे

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)

‘आदिवासी जनजाति महिलाको सशक्त सहभागिता बिना समावेशी विकास असम्भव’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आदिवासी जनजाति