अदालतमा देखिएको समस्या अदालतले नै मिलाउनुपर्छ: प्रधानमन्त्री देउवा « Khabarhub

अदालतमा देखिएको समस्या अदालतले नै मिलाउनुपर्छ: प्रधानमन्त्री देउवा


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतमा देखिएको समस्या अदालतले नै मिलाउनुपर्ने बताएका छन् ।

उनले अदालतबारे धेरै टिप्पणी गर्न नमिल्ने बताए । नेपाल तरुण दलले प्रधानमन्त्री निवास बालुवाटारमा गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले अदालतका बारे कुनै टिप्पणी नगर्ने र आएको समस्या अदालतले नै हल गर्ने बताए ।

उनले भने, ‘अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो।’

उनले न्यायालयको सम्बन्धमा उठेका सवालबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढ्ने बताए ।

गजेन्द्र हमाल कांग्रेसकै नेता भएको दाबी गर्दै प्रधानमन्त्री देउवाले उनले राजीनामा दिइसकेकाले यो विषयमा टुंगिसकेको बताए।

प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश समेत व्यक्त गरे।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ३ : १५ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित