अदालतमा देखिएको समस्या अदालतले नै मिलाउनुपर्छ: प्रधानमन्त्री देउवा « Khabarhub

अदालतमा देखिएको समस्या अदालतले नै मिलाउनुपर्छ: प्रधानमन्त्री देउवा


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतमा देखिएको समस्या अदालतले नै मिलाउनुपर्ने बताएका छन् ।

उनले अदालतबारे धेरै टिप्पणी गर्न नमिल्ने बताए । नेपाल तरुण दलले प्रधानमन्त्री निवास बालुवाटारमा गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले अदालतका बारे कुनै टिप्पणी नगर्ने र आएको समस्या अदालतले नै हल गर्ने बताए ।

उनले भने, ‘अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो।’

उनले न्यायालयको सम्बन्धमा उठेका सवालबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढ्ने बताए ।

गजेन्द्र हमाल कांग्रेसकै नेता भएको दाबी गर्दै प्रधानमन्त्री देउवाले उनले राजीनामा दिइसकेकाले यो विषयमा टुंगिसकेको बताए।

प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश समेत व्यक्त गरे।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ३ : १५ बजे

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)

‘आदिवासी जनजाति महिलाको सशक्त सहभागिता बिना समावेशी विकास असम्भव’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आदिवासी जनजाति