शरीरलाई स्वस्थ राख्न के, कति खाने ? « Khabarhub

शरीरलाई स्वस्थ राख्न के, कति खाने ?


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिल्लो पिरो, चखिलो खाना धेरैलाई मन पर्दछ । कतिपय त माछा–मासु बिना खाना खान मान्दैनन् । कोहिकोहिले पाउँदा धेरै खाने, नहुँदा नखाने पनि गर्दछन् । खाना बारेका यी सबै बानी स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

हामीले भोक लाग्दा तत्काल खाना उपलब्ध नभए पानी भए पनि खानुपर्दछ । यस अलावा वयस्क व्यक्तिलाई दैनिक दुई लिटर पानी आवश्यक पर्दछ । हुनत खानेकुरामा पनि पानीको मात्रा हुन्छ । तथापी थप पानी पिउनु पर्दछ । शरिरमा आवश्यकता अनुसार पानी पुगने भने बेहोस हुने, पिँडुला फर्किने, थकाइ लाग्ने, टाउको दुख्ने, झुम्म पार्नेजस्ता समस्या देखिन्छ । यस्तोका कसरी खानेकुरा खाने, कस्ता खानेकुरा खाने त ?

क) बिहान खाली पेटमा मनतातो पानी खानु पर्दछ । यसले शरीर स्वस्थ्य बनाउँछ ।
ख) तर एकैपटक धेरै पानी पिउनु भने हुदैँन । अन्यथा किड्नीमा असर गर्न सक्छ ।
ग) तौल र उचाइ अनुसार खानेकुराको ब्यालेन्स मिलाउनुपर्छ ।
घ) औसतमा महिलालाई १६ सयदेखि २ हजारसम्म क्यालोरी आवश्यक पर्दछ ।
ङ) खानामा पहेँलो र हरियो खानेकुरा बढी मात्रामा खान आवश्यक हुन्छ ।
च) ठोस खानेकुरा दिनमा तीन–चारपटक गरेर खानुपर्छ ।
छ) एकपछि अर्को खाने समय धेरै लामो पार्नु हुदैँन ।
ज) लामो समयसम्म पेट खाली हुदाँ ग्यास्ट्रिकको समस्या निम्तिन सक्छ ।
झ) पेट टम्म हुने गरी धेरै खानेकुरा पनि खानुहुँदैन ।
ञ) राति धेरै खाना खाँदा नपच्ने, मोटोपनको समस्या हुनेजस्ता समस्या देखिन्छ ।
ट) माछा–मासु खाँदा ३ देखि ५ टुक्रा मात्र खानु राम्रो हुन्छ ।
ठ) सकेसम्म रातो मासु नखाएकै उत्तम हुन्छ ।
ड) पुरुषलाई १८ सयदेखि २४ सयसम्म क्यालोरी चाहिन्छ ।
ढ) दैनिक खानामा हरियो सागपात, गेडागुडी, फलफूल खानु पर्दछ ।
ण) खानापछि चिया, कफि खानु राम्रो हुदैँन ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ३ : २२ बजे

उम्मेदवारबारे एमाले ओखलढुंगामा किचलो, जिल्ला कार्यालयमा तालाबन्दी, अध्यक्षले हात उठाए

ओखलढुंगा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओखलढुंगामा प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार चयनले

सर्वोच्चद्वारा बागमती किनारको २० मिटर थप क्षेत्र छाड्नुपर्नेसम्बन्धी आफ्नै फैसला उल्ट्यायो

काठमाडौं- सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका बागमती नदी र यसका सहायक

नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको

महँगो म्युजिक भिडियो खेल्यो कि दुलही !

काठमाडौं – कलाकार राजाराम पौडेलले एक समय अन्तर्वार्तामा भनेका थिए–

बीवाईडी नाम दुरुपयोग गर्ने अनधिकृत डिजिटल प्लेटफर्ममाथि साइमेक्स इंकको कानुनी पहल 

काठमाडौं– बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडले बीवाईडी