शरीरलाई स्वस्थ राख्न के, कति खाने ? « Khabarhub

शरीरलाई स्वस्थ राख्न के, कति खाने ?


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिल्लो पिरो, चखिलो खाना धेरैलाई मन पर्दछ । कतिपय त माछा–मासु बिना खाना खान मान्दैनन् । कोहिकोहिले पाउँदा धेरै खाने, नहुँदा नखाने पनि गर्दछन् । खाना बारेका यी सबै बानी स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

हामीले भोक लाग्दा तत्काल खाना उपलब्ध नभए पानी भए पनि खानुपर्दछ । यस अलावा वयस्क व्यक्तिलाई दैनिक दुई लिटर पानी आवश्यक पर्दछ । हुनत खानेकुरामा पनि पानीको मात्रा हुन्छ । तथापी थप पानी पिउनु पर्दछ । शरिरमा आवश्यकता अनुसार पानी पुगने भने बेहोस हुने, पिँडुला फर्किने, थकाइ लाग्ने, टाउको दुख्ने, झुम्म पार्नेजस्ता समस्या देखिन्छ । यस्तोका कसरी खानेकुरा खाने, कस्ता खानेकुरा खाने त ?

क) बिहान खाली पेटमा मनतातो पानी खानु पर्दछ । यसले शरीर स्वस्थ्य बनाउँछ ।
ख) तर एकैपटक धेरै पानी पिउनु भने हुदैँन । अन्यथा किड्नीमा असर गर्न सक्छ ।
ग) तौल र उचाइ अनुसार खानेकुराको ब्यालेन्स मिलाउनुपर्छ ।
घ) औसतमा महिलालाई १६ सयदेखि २ हजारसम्म क्यालोरी आवश्यक पर्दछ ।
ङ) खानामा पहेँलो र हरियो खानेकुरा बढी मात्रामा खान आवश्यक हुन्छ ।
च) ठोस खानेकुरा दिनमा तीन–चारपटक गरेर खानुपर्छ ।
छ) एकपछि अर्को खाने समय धेरै लामो पार्नु हुदैँन ।
ज) लामो समयसम्म पेट खाली हुदाँ ग्यास्ट्रिकको समस्या निम्तिन सक्छ ।
झ) पेट टम्म हुने गरी धेरै खानेकुरा पनि खानुहुँदैन ।
ञ) राति धेरै खाना खाँदा नपच्ने, मोटोपनको समस्या हुनेजस्ता समस्या देखिन्छ ।
ट) माछा–मासु खाँदा ३ देखि ५ टुक्रा मात्र खानु राम्रो हुन्छ ।
ठ) सकेसम्म रातो मासु नखाएकै उत्तम हुन्छ ।
ड) पुरुषलाई १८ सयदेखि २४ सयसम्म क्यालोरी चाहिन्छ ।
ढ) दैनिक खानामा हरियो सागपात, गेडागुडी, फलफूल खानु पर्दछ ।
ण) खानापछि चिया, कफि खानु राम्रो हुदैँन ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ३ : २२ बजे

सुकुम्बासी बस्ती : घरमा डोजर चल्यो, झरीले भिजायो जोगाएका लत्ताकपडा

काठमाडौँ – घरटहरा भत्काइएपछि काठमाडौँ महानगरपालिका–९ गैरीगाउँ–सिनामङ्गलका सुकुम्वासीलाई झरीले झनै

लुम्बिनी र सुदूरपश्चिममा तातो लहर चल्ने, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशमा

बिपी राजमार्ग नखुल्दा यात्रुलाई सास्ती

काभ्रेपलाञ्चोक – शनिबार र आइतबारको वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क

तेह्रथुम – यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर