भान्सामा सँधै राख्नुपर्ने चार कुरा « Khabarhub

भान्सामा सँधै राख्नुपर्ने चार कुरा


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धार्मीक मान्यता अनुसार माता लक्ष्मीलाई प्रसन्न पारे घरमा सुख समृद्धि आउने विश्वास गरिन्छ । मानिसहरु लक्ष्मीको आराधना, पूजा लगायतका विभिन्न उपाय मार्फत लक्ष्मी प्रसन्न पार्ने र कृपा पाउने यत्नमा हुन्छन् । तर घरभित्रका केहि चीजले भने माता लक्ष्मीलाई निराश बनाउन सक्छ ।

वास्तुशास्त्रका अनुसार घरभित्र हुने केहि चीज छन् जो माता लक्ष्मीलाई मन पर्दछ । यि चीज हमेशा घरमा रहनुपर्ने धार्मीक मान्यता छ । अन्यथा घरमा नकारात्मकता भित्रने गर्दछ । घरको भान्सामा कहिल्यै सकिन नहुने ति चार चीज के हुन् त ?

क) पिठो (आटा)
हुनत हरेक भान्सामा पिठो (आटा) पाउन सकिन्छ । तर कतिपय यसको उपयोग नगर्ने हुदाँ र उपभोग गर्नेकोमा पनि नहुन सक्छ । यस्तोमा ध्यान रहोस्, पिठो घरभित्र हुनु वास्तुशास्त्र अनुसार शुभ मानिन्छ । यसले लक्ष्मी कृपा बर्सने धार्मीक मान्यता छ ।

ख) बेसार
बेसारको प्रयोगले खानाको रंग आर्कषक बन्दछ । बेसार शुभ कार्यमा पनि प्रयोग हुन्छ । वास्तु अनुसार घरमा बेसार सकिनु अशुभ मानिन्छ । तसर्थ घरबाट बेसार नसकिदैँ ल्याउनु पर्दछ । यसले ग्रह दोष पनि निवारण हुने बाधा पनि नष्ट हुने धार्मीक विश्वास छ ।

ग) नुन
नुन बिना खानाको स्वाद रहदैन । यस्तै भान्सामा नुन सकिनु वास्तु अनुसार नकारात्मक उर्जालाई निम्तो दिनु सरह हुन्छ । तसर्थ भान्सामा नुनको डब्बा नरिइकन यसमा नुन भर्नु पर्दछ । अन्यथा वास्तु दोष लाग्ने र घरमा धनको समस्या आउने विश्वास गरीन्छ ।

घ) चामल
हरेक भान्सामा चामल अनिवार्य पाइन्छ । चामल भान्सामा हुनु अत्यन्त शुभ मानिन्छ । खानाका अलावा चामलको प्रयोग पूजापाठमा पनि हुने गर्दछ । तर भान्सामा चामल पूर्ण सकिनु शुभ मानिदैन । यसो हुदाँ शुक्र ग्रहको दोष लाग्ने धार्मीक मान्यता छ । साथै घरमा धनसम्बन्धी समस्या आउने विश्वास गरीन्छ । तसर्थ भान्सामा चामल नसकिदै किन्नु पर्दछ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १ : २४ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित