कांग्रेस महाधिवेशन मंसिर २७ देखि गर्न प्रस्ताव « Khabarhub

कांग्रेस महाधिवेशन मंसिर २७ देखि गर्न प्रस्ताव


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको मंसिर ९ देखि १३ गतेसम्म गर्ने भनिएको महाधिवेशन सर्ने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले महधिवेशनलगायत स्थानीयदेखि प्रदेश अधिवेशनसम्मको कार्यतालिका परिवर्तन गर्न प्रस्ताव गरेको छ ।

निर्वाचन समितिले महधिवेशन आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्न प्रस्ताव गरेको निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए । उनले खबरहबसँग भने, ‘केही जिल्लामा वडा अधिवेशनसमेत हुन नसकेकाले ती सबै अधिवेशन नगरी महाधिवेशन नहुने भएकाले महाधिवेशनको नयाँ मिति प्रस्ताव गरिएको हो ।’

उनका अनुसार बाँकी रहेका वडा अधिबेशन कात्तिक २७ गते, स्थानीय तह अधिवेशन कात्तिक ३० गते, प्रदेश निर्वाचन क्षेत्र अधिवेशन मंसिर ३ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मंसिर ६ गते, जिल्ला अधिवेशन मंसिर १०, प्रेदेश मंसिर १६ र १७ मा र महाधिवेशन मंसिर २७ देखि २९ गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ ।

मंगलबार भएको पदाधिकारी बैठककले निर्वाचन समितिलाई महाधिवेशन कार्यतालिकाको प्रस्ताव ल्याउन निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार समितिले कार्यतालिका प्रस्ताव गरेको हो ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ८ : ५५ बजे

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले