धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना « Khabarhub

धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी सिनेटका सदस्य तथा डेमोक्रेटिक पार्टीका एक वरिष्ठ नेताले राष्ट्रपति जो बाइडेनको समर्थन रहेको बृहत् खर्च योजनालाई आर्थिक सहयोग गर्न धनाड्य अमेरिकीहरूलाई कर लगाउने योजना बुधबार सार्वजनिक गरेका छन् ।

अमेरिकी सिनेटका वित्त समितिको नेतृत्वमा रहेका सिनेटर रोन वाइडेनका अनुसार प्रस्तावित अरबपति आयकर तीन वर्षको लागि एक अरब अमेरिकी डलर सम्पत्ति वा वार्षिक आयमा एक करोड अमेरिकी डलर भएका लगभग ७०० मानिसहरूमा लागू हुनेछ र यसबाट ‘अरबौं डलर’ जम्मा हुनेछ ।

यो कर विशाल सामाजिक खर्च प्रस्तावका लागि राजस्व जुटाउने बाइडेनको डेमोक्रेटिक पार्टीले गरेको नवीनतम प्रयास हो । यसका लागि अनुमानित दुई खरब डलर खर्च हुनेछ र वासिङ्टनले विश्वव्यापीरूपमा पूर्वप्राथमिक तहका बालबालिकाको शिक्षा तथा रेखदेखका लागि अनुदान सहयोगजस्ता नीतिहरू लागू गर्नका लागि सहयोगी बन्ने विश्वास गरिएको छ ।

यो योजना कोभिड–१९ महामारीको पीडाबीच आफ्नो सम्पत्ती वृद्धि भएको बताउने र उनीहरूले देशलाई पर्याप्त योगदान गरिरहेका छैनन् भन्ने आलोचनालाई कम गर्नका साथै वासिङ्टनको कर योजनालाई पनि पूर्णता दिन देशका अरबपतिहरूमा लक्षित रहनेछ ।

सिनेटर वाइडेनले भने, “नर्स र अग्नि नियन्त्रकहरूजस्ता काम गर्ने अमेरिकीहरूले हरेक पलको कर तिर्छन् भने अरबपतिहरूले ‘सधैं’ वा दशकौंसम्म कर तिर्न आनाकानी गर्ने गर्छन् ।”

“सम्पत्ति सधैंभरि होल्ड गरेर कर नतिर्ने सबैभन्दा धनी थोरै व्यक्तिहरूले पनि आफ्नो जीवनशैलीका लागि ती सम्पत्तिबाट ऋण लिन सक्छन् । यसको अर्थ, तिनीहरू कर तिर्दैनन् र वाल स्ट्रीट बैंकहरूबाट दिइने ऋणमा कम ब्याजदर मात्र तिर्छन् ।”

यदि योजना लागू गरियो भने प्रत्येक वर्ष स्टकजस्ता अरबपतिहरूको सम्पत्तिको मूल्यांकन गरिनेछ र मूल्यमा वृद्धि भयो भने कर लगाइनेछ । उक्त प्रस्तावअनुसार यदि तिनीहरू घट्दै गएमा करदाताहरूले यसलाई सम्भाव्य तीन वर्षसम्म बन्द गर्नेछन् ।

यो स्टकको मूल्यमा कर सामान्यतया बिक्री भएमा मात्र तिरिने हालको अमेरिकी कानुनबाट आएको परिवर्तन हुनेछ । अमेरिकामा स्टकको मूल्यमा कर सामान्यतया बिक्री भएमा मात्र तिरिन्छ ।

अचल सम्पत्ति वा व्यापारिक हितजस्ता गैर–व्यापारिक सम्पत्तिको बिक्रीमा अर्को नयाँ कर लगाइने योजना र उक्त व्यक्तिले राखेको वर्षको दौडान तिरेको करमा ब्याज तिर्नुपर्ने प्रावधान रहेको थियो ।

थप करले धनी मानिसहरूलाई कम्पनीहरूमा नियन्त्रण गर्ने शेयर बेच्न बाध्य पार्न सक्छ भन्ने चिन्ताको समाधान गर्न उक्त प्रस्तावले व्यक्ति विशेषलाई एकल व्यवसायमा एक अरब अमेरिकी डलरसम्म स्टकलाई ‘गैर–व्यवसायिक सम्पत्ति’को रूपमा राख्न अनुमति दिन्छ । एएफपी

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ९ : ३६ बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै