एमाले अधिवेशन : विराटनगरमा थापा चयन « Khabarhub

एमाले अधिवेशन : विराटनगरमा थापा चयन


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा सागर थापा चयन भएका छन् । मंगलबारदेखि जारी अधिवेशनले थापाको नेतृत्वमा ९१ सदस्यीय महानगर कमिटी सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा शिल्पा कार्की, सचिवमा रोहित कोइराला, उपसचिवमा नवराज नेपाल र जय प्रकाश महतो चयन भएका छन् । १०१ सदस्यीय कमिटीमा अधिवेशनले ९१ सदस्यीय कमिटी चयन गरेको छ भने १० जना बैठक बसेर मनोनीत गरिने नवनिर्वाचित अध्यक्ष थापाले बताए ।

महानगरको अधिवेशनमा अध्यक्षका दुई जना आकांक्षी देखिएपछि उद्घाटन सत्र सकेर बन्द सत्र बुधबारसम्मका लागि स्थित गरिएको थियो । नेतृत्वका लागि महानगर कमिटी अध्यक्ष सागर थापा र प्रदेश कमिटी सदस्य परशुराम बस्नेत मैदानमा देखिएका थिए । बस्नेतले सचिवमा कोइरालालाई दिने शर्त राखेपछि नेतृत्व चयन ढिलो भएको थियो ।

सचिवका प्रत्यासी राधेश्याम कट्टेलले चुनावमै जाने बताएपछि जिल्ला कमिटीका नेताहरूले हस्तक्षेप गरेको धिवेशनमा सहभागी एक प्रतिनिधिले बताए ।

एमालेका जिल्ला तहका नेतादेखि प्रदेश तहका नेताहरू चुनावी प्रक्रियामा नगई नेतृत्व टुंग्याउन लागिपरेका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ९ : ४७ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित