चेक गणतन्त्रले आइतबार नयाँ प्रधानमन्त्री पाउने « Khabarhub

चेक गणतन्त्रले आइतबार नयाँ प्रधानमन्त्री पाउने


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोनाभाइरसबाट संक्रमित भएका चेक गणतन्त्रका राष्ट्रपतिले आइतबार नयाँ प्रधानमन्त्री नियुक्त गर्ने भएका छन्।

अस्पतालमा रहेका राष्ट्रपति मिलोस जेमान शनिबार अस्पतालबाट निवासमा फर्किने अस्पतालले जनाएको छ ।

अस्पतालबाट घर फर्किएकै भोलिपल्ट उनले उदारवादी नेता पेट्रो फियालालाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्ने बताइएको छ ।

उनका प्रवक्ताले शुक्रबार दिएको जानकारी अनुसार बाम झुकाव राख्ने ७७ बर्षीय राष्ट्रपति जेमान गत अक्टोबर १० मा अस्पताल भर्ना भएका थिए ।

आम निर्वाचन भएको भोलिपल्ट उनी अस्पताल भर्ना भएका हुन् । उनलाई कलेजोसम्वन्धी समस्यासमेत भएकाले चिकित्सकहरुले उनलाई यति लामो समयसम्म अस्पतालमै राखेका हुन् ।

उनलाई भर्ना गरिएको पाराग्वे सैनिक विश्वविद्यालय अस्पतालले गत विहिबार वक्तव्य जारी गर्दै उनी चाडै घर फर्किन सक्ने जनाएको थियो ।

चेक गणतन्त्रमा कोरोनाभाइरसको सक्रमण देखिएका सवैलाई कम्तीमा १४ दिन आइसोलेसनमा राख्ने नियम लागु गरिएको छ ।

राष्ट्रपति जेमानले कोरोनाभाइरस विरुद्धको तीन ओटा खोप लगाएपनि कोरोनाभाइरसबाट संक्रमित व्यक्तिसँग सम्पर्कमा रहेकाले लक्षण देखिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ६ : ३९ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा