चेक गणतन्त्रले आइतबार नयाँ प्रधानमन्त्री पाउने « Khabarhub

चेक गणतन्त्रले आइतबार नयाँ प्रधानमन्त्री पाउने


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोनाभाइरसबाट संक्रमित भएका चेक गणतन्त्रका राष्ट्रपतिले आइतबार नयाँ प्रधानमन्त्री नियुक्त गर्ने भएका छन्।

अस्पतालमा रहेका राष्ट्रपति मिलोस जेमान शनिबार अस्पतालबाट निवासमा फर्किने अस्पतालले जनाएको छ ।

अस्पतालबाट घर फर्किएकै भोलिपल्ट उनले उदारवादी नेता पेट्रो फियालालाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्ने बताइएको छ ।

उनका प्रवक्ताले शुक्रबार दिएको जानकारी अनुसार बाम झुकाव राख्ने ७७ बर्षीय राष्ट्रपति जेमान गत अक्टोबर १० मा अस्पताल भर्ना भएका थिए ।

आम निर्वाचन भएको भोलिपल्ट उनी अस्पताल भर्ना भएका हुन् । उनलाई कलेजोसम्वन्धी समस्यासमेत भएकाले चिकित्सकहरुले उनलाई यति लामो समयसम्म अस्पतालमै राखेका हुन् ।

उनलाई भर्ना गरिएको पाराग्वे सैनिक विश्वविद्यालय अस्पतालले गत विहिबार वक्तव्य जारी गर्दै उनी चाडै घर फर्किन सक्ने जनाएको थियो ।

चेक गणतन्त्रमा कोरोनाभाइरसको सक्रमण देखिएका सवैलाई कम्तीमा १४ दिन आइसोलेसनमा राख्ने नियम लागु गरिएको छ ।

राष्ट्रपति जेमानले कोरोनाभाइरस विरुद्धको तीन ओटा खोप लगाएपनि कोरोनाभाइरसबाट संक्रमित व्यक्तिसँग सम्पर्कमा रहेकाले लक्षण देखिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ६ : ३९ बजे

विष्णु माझीले ल्याइन् तीज गीत

काठमाडौं– गायिका विष्णु माझीले तीज गीत ‘घरबार’ ल्याएकी छन् ।

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

वालिङ– भोटेकोशी बाढीमा परी घाइते भएकाहरूका लागि स्याङ्जामा रगत सङ्कलन गरिएको

‘मन भक्कानिदा बिलौना गर्ने समय छैन’

यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो

चीनले बाढीपछि अवरूद्ध केरूङको मुख्य राजमार्ग सातामै खुलायो, चौबीसै घण्टा चल्दैछ उद्धार अभियान

चीन– नेपालसँगको जोडिएको चीनको दक्षिणपश्चिमी शिचाङ स्वायत्त क्षेत्रमा गत बुधबार

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर