एमालेले केन्द्रीय कमिटीमा ७५ जना थप्ने, पोलिटब्युरो ९९ सदस्यीय हुने | Khabarhub Khabarhub

एमालेले केन्द्रीय कमिटीमा ७५ जना थप्ने, पोलिटब्युरो ९९ सदस्यीय हुने


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले पदाधिकारीको संख्या थप्ने निर्णय गरेको छ।

शुक्रबार मध्यराति बसेको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको केन्द्रीय पदाधिकारी र सदस्यहरूको संख्या थप्ने प्रस्ताव कमिटीको बैठकले सर्वसम्मत पारित गरेको हो।

बैठकपछि कमिटीले गरेका निर्णयहरू एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले हस्तलिखितरुसमा सार्वजनिक गरेका थिए।

जसअनुसार हाल २२५ सदस्यीय केन्द्रीय कमिटीमा ७५ जना थपेर ३०१ सदस्यीय पुर्‍याइने छ। यसैगरी पोलिटब्युरोमा ९९ सदस्य रहनेछन्। स्थायी कमिटी भने यथावत राखिएको छ।

यस्तै एमालेका अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग प्रत्येक २५ सदस्यीय हुने छन्। पदाधिकारीमा वरिष्ठ उपाध्यक्षसहित अब एमालेमा सात जना उपाध्यक्ष रहनेछन्। यसैगरी थपिने दुई जनासहित उपमहासचिव तीन जना रहनेछन्।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ७ : ०३ बजे

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको