माओवादी केन्द्रले आज एकैपटक ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दै | Khabarhub Khabarhub

माओवादी केन्द्रले आज एकैपटक ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दै

अध्यक्ष प्रचण्डले भर्चुअल उद्घाटन गर्ने


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)लाई पनि आन्तरिक चुनाव लागेको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले १०औँ महाधिवेशनको उद्घाटन नै गरिसकेको र सत्तासीन नेपाली कांग्रेसजिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवादी केन्द्रले पनि पालिका सम्मेलन थालेको हो ।

माओवादी केन्द्रले तत्कालीन नेकपा विभाजनपछि पहिलो पटक राष्ट्रिय सम्मेलन गर्न लागेको हो । आज शनिबार ७५३ वटा स्थानीय तहमा को अधिवेशन गर्ने भएको छ। त्यसबाहेक सम्पर्क समन्वय समिति र विशेष समितिको पालिकास्तरीय सम्मेलन पनि हुँदैछ ।

पालिका सम्मेलनको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराह्न १ बजे भर्चुअल’ सम्बोधन गर्ने छन् ।

माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले पालिका सम्मेलनबाट प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन हुने बताए । पालिका सम्मेलन २५ मंसिरमा हुनेछ ।

माओवादीले ११-१३ पुसमा राष्ट्रिय सम्मेलन आयोजना गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ७ : ०९ बजे

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी