यी हुन् स्वर्ग र नर्क समान जीवन बनाउने सुख र दुख « Khabarhub

यी हुन् स्वर्ग र नर्क समान जीवन बनाउने सुख र दुख


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक व्यक्ति सुखी जीवन चाहन्छ, तर कतिपय अवस्थाका कारण जीवनमा नर्क समान दुख पनि भोग्नु पर्दछ । यसका पछाडि केही दुःख र कारण सामेल रहने गर्दछ । जसले मृत्युसम्म पनि पछ्याउन सक्छ ।

जीवनमा जोडिएका हरेक विषयमा आचार्य चाणक्यले आफ्नो नित शास्त्रमा धेरै उपयोगी कुरा बताएका छन् । उनले सुखी जीवनका लागि के गर्ने के नगर्ने भन्ने विषयमा समेत केही सुझाव र उपाय दिएका छन् ।

यस्ता व्यक्तिले स्वर्ग समान जीवन पाउँछन्

संसार ति व्यक्तिको जीवन धर्तीमा स्वर्ग समान हुन्छ, जसका सन्तान आज्ञाकारी र संस्कारवान हुन्छन् । साथै जो मानिसको श्रीमती वा श्रीमान् परिवार जोड्ने स्वभावका हुन्छन् ।

यस्ता व्यक्तिले आफूले कमाएको धनबाट सन्तुष्टि पाउँछन् । सन्तान र जीवनसाथीबाट साथ पाउने व्यक्ति अत्यन्त सुखी र सन्तोषजनक जीवन बाच्ने चाणक्य आफ्नो नीतिमा बताउँछन् ।

चाणक्य नीतिका अनुसार यी सुख केवल भाग्यमा भए मात्र मिल्दछ । तथापि जीवनसाथी चुन्दा संस्कारी चुन्ने र सन्तानलाई राम्रो संस्कार दिने जिम्मेवारी भने व्यक्ति स्यवयम्को हुने उनको तर्क छ ।

यस्ता दुखले जीवन कठिन बनाउँछ

ती मानिसको जीवन निकै कष्टकर हुन्छ जसले आफ्नो पत्नीको वियोग झेल्नु पर्दछ ।

यस्तै आफ्नै दाजुभाइ वा छोराबाट अपमान सहनु परे, ऋण लागे, गरिबी, दुष्ट राजाको सेवा गर्नु परे यी दुखले जीवन नर्क समान बनाउने चाणक्यको तर्क छ । साथै कुनै असहायको धन लुटेर धनवान् भएका व्यक्तिले पनि धर्तीमा नै नर्क समान दुख पाउने गर्दछन् ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ५ : ४५ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट