के हो डिप्रेसन ? यी हुन् लक्षण र बच्ने उपाय « Khabarhub

के हो डिप्रेसन ? यी हुन् लक्षण र बच्ने उपाय


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मानव शरीरमा हुने विभिन्न रोगहरूमध्य डिप्रेसन पनि एक गम्भीर रोग हो । अहिले धेरै मानिसमा डिप्रेसन हुने गरेको छ। डिप्रेसन जुनसुकै बेला र जो कोहिलाई पनि हुन सक्छ ।

के हो डिप्रेसन ?

मानिसहरुमा नकारात्मक सोच उत्पन्न गराउने, दुखी तुल्याउने समस्या नै डिप्रेसन हो । यो पुरुषमा भन्दा महिलामा दुई गुणा बढी हुने गरेको छ । मस्तिष्कमा न्युरो टान्समिटरले सही ढङ्गले काम नगरेमा वा धेरै चिन्ता, तनावको कारण शरीरमा हर्मोनको मात्रामा गडबडी हुन गएमा डिप्रेसन हुन्छ ।

यी हुन् डिप्रेसनका लक्षणहरु

– अरूको कुरा झर्को लाग्नु, बोल्न मन नलाग्नु ।

– अत्यधिक मात्रामा रिस उठ्नु ।

– आफै माथि घृणाको भावना हुनु ।

– वर्तमान र भविष्य बारे नकारात्मक सोचाई हुनु ।

– काममा मन नलाग्नु ।

– निरन्तर चिन्तामा डुबिरहनु ।

– निद्रा नलाग्ने वा अबेर रात ब्युँझनु ।

– हीनताबोध हुनु ।

– सोच्ने र सम्झिने क्षमतामा कम हुनु ।

डिप्रेसनबाट कसरी बच्ने ?

– नियमित सन्तुलित खानेकुरा मात्र खाने ।

– दैनिक व्यायाम गर्ने ।

– लागु पदार्थको सेवनबाट टाढा हुने ।

– आफ्ना समस्याबारे खुलेर परिवार, साथी र डाक्टरलाई भन्ने ।

– आफूले कुनै पनि काम गर्न सक्छु भनेर विश्वास गर्ने ।

– नियमित समयमा सुत्ने र नियमित उठ्ने ।

– समाजमा घुलमिल हुने ।

– दैनिक कार्यलाई निरन्तरता दिने ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ६ : ०० बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन