चिकेन अइष्ट सस् बनाउने तरिका « Khabarhub

चिकेन अइष्ट सस् बनाउने तरिका


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यो एकदम स्वादिष्ट र स्वास्थ्यदायक व्यञ्जन हो । बनाउन पनि धेरै समय नलाग्ने भोज (पार्टी) र घरमा नै बनाई खान सकिने यो परिकार बनाउने सामान र विधि यस प्रकार छ ।

आवश्यक सामग्री :  

सानो पिसमा काटेको बोनलेस चिकेन १ किलो, ४ चम्चा ब्ल्याक विनसस्, २ चम्चा अइष्टसस्, चिल्लीसस् २ चम्चा, १-१ चम्चा अदुवा लसुनको पेष्ट, २ चम्चा भेनेगर, १ चम्चा सोयासस्, चियाचम्चाको १ चौथाई मरिचको धुलो, १ अण्डा, कर्नफ्लोर वा मैदा २०० ग्राम, ल्वाङ पाउडर चिया चम्चाको एक चौथाई, नुन, अजिनोमोटो इच्छाअनुसार, तेल १०० ग्राम ।

बनाउने तरिका :  

चिकेनलाई मैदा वा कर्नफ्लोर, अण्डा, सोयासस्, भेनेगर, अदुवा, लसुन, नुन, अजिनो मोटो राखी राम्रोसँग मोलेर कम्तीमा १-२ घण्टा छोपेर राख्नु र तेल तताई धेरै कडा नगरी फ्राई गर्नु र वटर तताई पुनः  चिकेनलाई वटरमा राख्नु र सबै ससहरू राखी २-३ मिनेट चलाउनु र निकाल्नु । अब खानलाई तयार भयो ।

साभार :  ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : ०९ बजे

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठूलो परिमाणको

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले

मकवानपुरका स्वास्थ्य संस्था बन्द, चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण