लालबहादुर शास्त्री त्यो बेलामा रेल विभागका मन्त्री थिए । एक पटक सरदार नगरका गाउँ नजिकै केही मानिसले उनको गाडी रोकाए र भने- एउटी गरिब किसान स्त्रीको प्रसूतिको समय नजिक आइरहेको छ । यदि उनलाई छिट्टै नजिकैको सहर सरदारनगर पुर्याइदिए राम्रो हुनेथ्यो ।
शास्त्रीका क सहयोगी, जो उत्तर प्रदेशका एक मन्त्री थिए, उनले शास्त्रीको गाडी यो कामको लागि रोकाएकोमा विरोध गरे ।
तब शास्त्री तुरुन्त गाडीबाट ओर्लिए र उनीहरुलाई भन्न थाले, ती बहिनीलाई लिएर आउनुस्, म आफ्नो गाडीबाट सहर पुर्याइदिनेछु ।
यो कुरा सुनेर उनको साथी मन्त्रीले पुनः भने, सम्मेलनमा पुग्न ढिलो भइसक्यो तपाईँ पनि ।
उनको कुरा बीचैमा काट्दै शास्त्रीले भने, समयभन्दा धेरै मूल्य मानिसको हुन्छ । यदि म सम्मेलनमा उपस्थित नभए पनि के बिग्रन्छ र ?
यस प्रकार ती किसान महिलालाई समयमा उचित सहायता मिल्यो ।
साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रतिक्रिया